
पुन मगर समाज युकेको चौथो अधिवेशन सम्पन
तुलचन्द्र तिलिजा पुन मगर – बेलायत
१८, मार्च २०२३। पुन मगर समाज युकेको चौथो अधिवेशन सम्पन भएको छ। अध्यक्ष बल पुर्जा पुन मगरको अध्यक्षता र सल्लाहकार हर्क खोरजाको निर्वाचन समितीले २०२३ देखी २०२६ सम्म ३ बर्षे कार्यकालको लागी २१ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ।
उक्त अधिबेसनले अध्यक्षमा बल पुर्जा पुन मगरलाइ सर्बसम्मतबाट पुन: अध्यक्षमा चयन गरे को छ । नयाँ कार्यसमितीको बिभिन्न ओहोदामा तेस्रो कार्यसमितीका पधाधिकारीहरुलाई नै निरन्तरता दिदै नयाँ सदस्यहरुलाई पनि नयाँ कार्यसमतिमा चयन गरिएको छ।
कार्यक्रम मा धौलागिरी क्षेत्र मा बसोबास गर्नुहुने पुनमगरहरुको संस्कार संस्कृतिमा आधारीत बिभिन्न पुर्खेउलि गितहरुको संरक्षण र सम्बर्धनको लागी खेल्नु भएको भुमिकाको उच्च कदर गर्दै समाज को सँस्थापक अध्यक्ष बिल पुर्जा पुनमगरलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
नव निर्वाचित कार्यसमितीको पधाधिकारीहरुलाई सँस्थाका सल्लाहाकार मन बहादुर पुर्जा पुन मगरले सपथ ग्रहण गराउनु गराएका थिए ।
संस्थाका अध्यक्ष बल पुर्जा मगरले अध्यक्षतामा सम्पन्न अधिबेसनलाई सचिब तुलचन्द्र तिलिजा पुनमगरले सञ्चालन गर्नु गरेका थिए।







