
नेपाल पत्रकार महासंघ बेलायत शाखाले ‘स्थापना दिवस एवम् च्यारिटी नाइट’ आयोजना गरिने
नरेन्द्र बस्नेत
महासचिव, नेपाल पत्रकार महासंघ युके
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आउँदो जुलाई ९ तारिख आइतबार स्थापना स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसर पारेर सोहि दिन एक ‘च्यारिटी डिनर नाइट’ को पनि आयोजना गरिने शाखाले जनाएको छ ।
शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा गतसाता सम्पन्न शाखाको कार्यसमितिको बैठकले स्थापना दिवस एवम् च्यारिटी कार्यक्रम गर्ने निर्णय गरेको हो।
‘स्थापना दिवस एवम् च्यारिटी नाइट’ को लागि महासचिव नरेन्द्र बस्नेतलाई संयोजक तथा वरिष्ठ उपाध्यक्ष दिनेश कुमार परियार र उपाध्यक्ष प्रमिला लाबुंग राईलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।
गतवर्ष जुलाई १० मा शाखाले आफ्नो स्थापनाको एक दशक पूरा गरेको अवसरमा दशौँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रमस्थलको चाडै टुंगो लगाइने र च्यारिटी कार्यक्रमबाट संकलित रकम उपयुक्त स्थानमा कुनै परोपकारी कार्यमा उपयोग गरिनेछ ।
सोही अवसरमा शाखाले वर्षेनी प्रदान गर्दैछौ आएको एफएनजे यूके वर्षकै पत्रकारिता पुरस्कार पनि वितरण गरिनेछ। बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजका अगुवाहरुको सहभागिता रहने सो कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने शाखाले जनाएको छ ।
उक्त दिन अन्य कार्यक्रमहरु नराखिदिन बेलायतस्थित संघसंस्थालाई महासंघले आग्रह गरेको छ ।






