मगर संघ यूके रेडिङ शाखा अध्यक्षमा पुन: शोब रेगामी मगर चयन

SHARE:

लन्डन २५ मार्च २०२३ । मगर संघ यूके रेडिङ शाखा अध्यक्षमा पुन: शोब रेगामी मगर चयन भएका छन् ।

लन्डनमा १९ मार्च २०२३ आइतबार भएको आठौं अधिवेशनबाट रेगामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा चन्द्र पुन, महासचिवमा तुलप्रसाद पुन, सचिवमा गोविन्दअरमजा, कोषाध्यक्षमा चेत रेगामी, सहकोषाध्यक्षमा प्रकाश गलामी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा तेज रानामगर, गीता पुन, तुलबहादुर थापा, खेम थापा, रोशन आले, नर पुन, नवीन थापा, राम पुन, हिमकुमारी रासकोटी, पुष्पकुमारी राना, सानु थापा, अनिल सुनारी मगर, महेन्द्र आले, घनश्याम पुन, हेम थापा, प्रकाश काउछा, निरु राना, बट्टुमाया थापा, रुकमणि राना, दीपा आले र गंगा सिन्जाली चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । अधिवेशनमा मगर संघ यूकेकी अध्यक्ष सीता पुन लगायतको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!