लन्डन ३१ मार्च २०२३ । बेलायतमा बसोबासरत किरात राई समुदायले आउँदो मे ६ तारिख शनिबार ‘साकेला उभौली सिली’ मनाउने भएका छन् ।
किरात राई यायोक्खा बेलायतको आयोजनामा ‘साकेला उभौली २०२३’ हुने उपाध्यक्ष तथा कार्यक्रम संयोजक रि.क्या सुमनचन्द्र राईले गोर्खा मिडियालाई जानकारी दिए । किरात राई हाउस ग्याम्बललेन यूकेमा बिहान ११ बजे कार्यक्रम सुरु हुने उनले बताए ।
उपाध्यक्ष राईले साकेला उभौली सिली कार्यक्रममा उपस्थित हुन बेलायतवासी किरात राई र गैरकिरात राई समुदायलाई निमन्त्रणा दिएका छन् । किरात राई यायोक्खा बेलायतले बर्सेनि उभौली, उधौलीलगायत कार्यक्रम मनाउँदै आएको छ ।






