ब्रिटिस गोर्खा डोनकास्टरले १६ अप्रिलमा नेपाली नयाँ वर्ष मनाउने

SHARE:

लन्डन ३ अप्रिल २०२३ । ब्रिटिस गोर्खा डोनकास्टरले यही अप्रिल १६ तारिखमा नेपाली नयाँ वर्ष मनाउने निर्णय गरेको छ ।

आइतबार अप्रिल २ तारिखमा कार्यवाहक अध्यक्ष सुर्जमान श्रीस मगरको अध्यक्षतामा डोनकास्टर इन्टेक लाइब्रेरी हलमा बसेको ब्रिटिस गोर्खा डोनकास्टर कमिटी बैठकले नेपाली नयाँ वर्ष आउँदो अप्रिल १६ तारिखमा घुमधामका साथ मनाउने निर्णय गरेको हो । उक्त कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारद्वय सुनिता थेगिम र कमल क्षेत्रीको प्रस्तुति रहने छ । अब नेपाली पात्रोअनुसार २०८० साल सुरु हुँदैछ ।

बैठकका अवसरमा नयाँ सदस्यता लिने पाँचजनालाई काव अध्यक्ष श्रीसले स्वागत गरेका थिए । कमिटीका सांस्कृतिक सचिव खिम पुनले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष सुरोसन श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

यसैबीच डोनकास्टर सिटी काउन्सिलको स्प्रीइङ्ग क्लिनिङ कार्यक्रमअन्तर्गत यो सिजनको क्लिनिङ्ग प्रोग्रममा, संस्थाका कार्यवाहक अध्यक्ष श्रीसको पहलमा कमिटीका सदस्यहरु साथै डोनकास्टर आमा समूहकी अध्यक्ष मिना पुनको पहलमा आमाहरुको संयुक्त प्रयासमा आइतबार नै इन्टेक एरिया वरिपरि सरसफाई गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!