राजा चार्ल्सको राज्याभिषेक मे ६ मा

SHARE:

लन्डन ५ अप्रिल २०२३ । राजा चार्ल्स तृतीयको आगामी मे ६ तारिखमा यहाँस्थित वेस्टमिनिष्टर गिर्जाघरमा हुने भएकोछ । सात दशकपछि देशमा राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ । राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ । वेस्टमिनिष्टर एबेमा विगत नौ सय वर्षदेखि राज्याभिषेक समारोह हुँदै आएका छन् ।

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हाल्नुभएका राजा चार्ल्स को राज्याभिषेकाको निमन्त्रणापत्रमा ‘क्विन कन्सोर्ट’ पदवी पाउनुभएकी क्यामिलालाई रानीको दर्जा दिइएको छ । उहाँले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनुहुनेछ । राजा जर्ज पाँचौँसँगै रानी मेरीले उक्त मुकुट सन् १९११ पहिरिनुभएको थियो । विश्व इतिहासमा ७० वर्ष राजसिंहासन सम्हाल्ने कीर्तिमान महारानी एलिजावेथका नाममा दर्ज भएको छ ।

वकिङघम राजप्रासादले आज सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी एक विवरणअनुसार राज्याभिषेक समारोहमा दुईह हजार पाहुनालाई आमन्त्रण गरिने छ । राजाप्रसादले आमन्त्रण हुने व्यक्तिको सूची जारी गरेको छैन । राजा चार्ल्स ले राजमुकुट लगाउने समारोह उहाँकी आमाको सन् १९५३ मा भएको राज्याभिषेक समाराहभन्दा छोटो हुनेछ ।

महारानी एलिजावेथको राज्याभिषेक समारोह करिब तीन घण्टा चलेको थियोभने त्यसमा एक सय २९ राष्ट्रका आठ हजार दुई सय ५१ देश र क्षेत्रका प्रतिनिधिले भाग लिएका थिए । दुई हजार पाहुनाले भाग लिने राजा चार्ल्स को राज्याभिषेक करिब एक घण्टा चल्नेछ । राजप्रासादले रानी क्यामिला र राजा चार्ल्स को औपचारिक तस्बिर र निम्तापत्र पनि सार्वजनिक गरेको छ ।

ब्रिटिस बोडकास्टिङ कर्पोरेशन ९बिबिसी०लगायत विश्वका प्रमुख विद्युतीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने राज्याभिषेक समारोह सशरीर उपस्थित भएर हेर्न संसारभरका देशबाट राजनेता, राष्ट तथा सरकार प्रमुख, राजारानी एवम् राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन् ।

यसैबीच, मोनाकोका राजकुमार अल्बर्ट, जापानका राजकुमार फुमिहितो र उहाँकी भार्या किकोलगायत केही विदेशी राजपरिवारले समारोहमा उपस्थित हुने जनाउनुभएको छ । अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गर्नुहुने भएको छ ।

विविध सांस्कृतिक कार्यक्रमका साथ धूमधामका साथ मनाइने राज्याभिषेक समारोहमा एक दिन अर्थात् मे आठमा बेलायतभर सार्वजनिक बिदा दिनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!