नेफिन यूकेले दूतावासमार्फत पठायो प्रधानमन्त्री प्रचण्डलाई प्रदेश नामकरणसबन्धी ज्ञापनपत्र

SHARE:

लन्डन ११ अप्रिल २०२३। नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके)ले प्रदेश १ को पुनः नामकरण माग गर्दै लन्डन दूतावासमार्फत सरकारलाई ज्ञापनपत्र पठाएको छ ।

महासंघ नेतृत्वको एक प्रतिनिधिमण्डलले सोमबार नेपाली राजदूतावास लन्डन पुगेर दूतावासमार्फत प्रदेश नं. १ को पुनः नामकरण हुनुपर्ने मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन बुझाएको हो । नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले आफ्नो विमति राख्दै प्रदेश नं. १ को नामकरण लिम्बुवान–किरात वा किरात–लिम्बुवान–शेर्पालुङ हुनुपर्ने माग गरे ।

सरकारलाई दिइएको ज्ञापनपत्र महासंघकी महासचिव विमला सेने लिम्बुले पढेर सुनाएकी थिइन् । उपस्थित पहिचानजनित मोर्चाका पदाधिकारीहरुले सामूहिक रुपमा राजदूत ज्ञानचन्द्र आचार्यलाई ज्ञापनपत्र बुझाएका थिए । राजदूत आचार्यले ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष पठाइदिने र पुगे/नपुगेकोबारे जानकारी दिने पनि आश्वासन दिएका थिए ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा डा. सुमाया राई, जनजाति महासंघका पूर्वअध्यक्ष सिरिप्रसाद साम्यो लिम्बु, किरात राई यायोख्खा यूकेका अध्यक्ष योगेश राई, संघीय लिम्बुवान पार्टीको प्रवास संगठन लोकतान्त्रिक सामाजिक मञ्चकी अध्यक्ष शर्मिला याक्सो, जनता समाजवादी पार्टी नेपाल, प्रवास विशेष प्रदेश समिति अध्यक्ष विश्वासदीप तिगेला, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूके अध्यक्ष गोमा रानामगर, लिम्बुवान नागरिक समाज यूकेका अध्यक्ष छत्र वनेम, नेपाली समाजकी पूर्वउपाध्यक्ष विमला राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च यूकेका सचिव सुरेन्द्र थेवे लगायतको उपस्थिति थियो ।

प्रदेश नं. १ को नामकरण छलकपटपूर्ण रुपबाट कोशी राखिएको भन्दै यूकेमा रहेका दर्जनौ संगठन आन्दोलित भएका छन् । अध्यक्ष शेर्पाले प्रदेश नं. १ को पुनः नामकरण आन्दोलनमा राज्यले अत्यधिक दमन गरे सरकारको नेतृत्वलाई अन्तर्राष्ट्रिय अदालत हेग लैजानेसम्मको तयारीमा महासंघ लागेको जिकिर गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!