लण्डन १४ मार्च २०२३ ।

बेलायतको अर्थतन्त्र अन्ततः कोभिड पूर्वको अवस्थामा फर्केको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्स ओएनएसले विहीबार प्रकाशित गरेको आँकडा अनुसार सन् २०२३ को पहिलो तीन महिनाको तथ्यांकले सो देखाएको हो । तथ्यांकअनुसार सन् २०२३ को पहिलो तीन महिनाको तथ्यांकले बेलायतको अर्थतन्त्र कोभिड पूर्वको अर्थतन्त्रभन्दा शून्य दशमलव ३ प्रतिशत ठूलो देखिएको छ । सन् २०२३ को जनवरीमा बेलायतको अर्थतन्त्र कोभिड पूर्वको भन्दा शून्य दशमलव दुई प्रतिशतले सानो थियो ।
इन्भेष्टेककी अर्थशास्त्री इली हेन्डरसन बेलायतको अर्थतन्त्र कोभिड पहिलेको अवस्थामा आउनु महत्वपूर्ण उपलब्धि भएको बताए। तर अरु देशको अर्थतन्त्रभन्दा बेलायतको अर्थतन्त्र कमजोर नै रहेको उनको भनाइ छ । बेलायतका अर्थमन्त्री जेरेमी हन्टले बेलायतको अर्थतन्त्र आशा गरिएको भन्दा चम्किलो देखिएको प्रतिक्रिया दिएका छन् । सरकारले लिएको उपर्युक्त कदमका कारण बेलायत आर्थिक मन्दीबाट बचेको उनको जिकिर छ ।
केपीएमजीका प्रमुख अर्थशास्त्री यल सेल्फिनले बेलायतको अर्थतन्त्र यस वर्षको पहिलो तीन महिनामा आर्थिक मन्दीबाट जोगिए पनि ऐतिहासिक मापदण्डका आधारमा हेर्ने हो कमजोर नै रहेको बताए । यस्तै इवाई आइटम क्लवका प्रमुख आर्थिक सल्लाहकार मार्टिन बेक बेलायतको अर्थतन्त्र दोस्रो त्रैमासिकमा अझ बढ्ने बताए ।
उर्जाको मूल्यमा कटौती र सरकारले दिएको सहुलियतका कारण यस्तो हुने उनको धारणा छ ।






