जीआरएनसीले मनायो ‘नेपाली नयाँ वर्ष २०८०’, दोहोरीमा नाचे बेलायती

SHARE:

[clear]

लन्डन १५ अप्रिल २०२३ । नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी कलाकारको प्रस्तुतिसहित ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) ले बेलायतमा ‘नेपाली नयाँ वर्ष २०८०’ मनाएको छ ।

१४ अप्रिल (१ वैशाख २०८०) का दिन अल्डरसटस्थित एम्पायर हलमा नेपाली राजदूतावास लन्डनका राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा नयाँ वर्ष भव्यरुपमा मनाइएको हो । कार्यक्रममा विशेष अतिथिका रुपमा रसमूर बरो काउन्सिलका मेयर जोन मार्सन, काउन्सिलका डेपुटी लिडर काउन्सिलर मौरिस सिहन, मेजर रिटायर्ड मणि राई, डिपुटी काउन्सिल लिडरहरु, कमिटी लिडर र यहाँ सक्रिय नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा उपाध्यक्ष मैया डंगोल केसी र महासचिव डा विशाल गुरुङले स्वास्थ्य तथा सुरक्षाका विषयमा जानकारी दिँदै पहिलो कार्यक्रम चलाएका थिए । त्यसपछि कार्यक्रम जीआरएनसीका अध्यक्ष मानबहादुर गुरुङ, प्रमुख अतिथि नेपाली दूतावास लन्डनका राजदूत आचार्य, रसमोर बरो काउन्सिलका मेयर जोन मार्सन, मेजर रिटायर्ड मणि राईले क्यान्डल बालेर उद्घाटन गरेका थिए । स्वागत मन्तव्य भने उपाध्यक्ष उत्तरबहादुर गुरुङले दिएका थिए ।

कार्यक्रममा लोकदोहोरी गायक सागर गुरुङ, पृथ्वीमान गुरुङ, गायिका शर्मिला बिसी, बबिता बानियाँ (जेरी), सुदीप क्षेत्रीले एकल तथा दोहोरीगीत प्रस्तुति दिए भने मास्टर कन्सियसनेश कोच इन्द्र गुरुङ र हिलर राजी श्रेष्ठ गुरुङले पनि सार्थक जीवनबारे आफ्नो प्रस्तुति राखेका थिए । त्यस क्रममा बेलायती पनि दोहोरीमा छमछमी नाचेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली राजदूतआचार्यले जीआरएनसीले नेपाली समुदायमा खेलेको भूमिकाको प्रसंशा गरेका थिए । त्यस्तै उनले जीआरएनसीको गतिविधिका कारण नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको बताए । उनले जीआरएनसीसँग नेपाली दूतावास हातेमालो गर्न तयार रहेको समेत आश्वासन दिए ।

जीआरएनसीका अध्यक्ष मान गुरुङले यो आफ्नो संस्थाको लागि हालसम्मकै ठूलो कार्यक्रम भएको जनाउँदै सफल भएको बताए । उनले कार्यक्रममा सहभागी, प्रायोजक, शुभेच्छुक र तयारीमा खटिने कार्यसमितिका सबैप्रति धन्यवाद तथा आभार प्रकट गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि आचार्य र अध्यक्ष गुरुङले सांस्कृतिक समूहलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सुष्मा गुरुङ र सागर गुरुङले सञ्चालन गरेको कार्यक्रममा जीआरएनसीका नानीबाबुहरुले ‘जुन त लाग्यो ताराले’ रिमिक्स डान्स देखाएका थिए । त्यस्तै सयपत्री नेपाली सांस्कृतिक समूहले गुरुङ गीतमा र जीआरएनसीका यूवाले एकल सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेको थियो ।

जीआरएनसीका सल्लाहकार क्या रि वीरबहादुर थापाले पनि ट्र्याकमा गीत गाएका थिए भने अन्य कलाकारहरु मिन गुरुङ, कुमार गुरुङ, तुलसी राना, सन्तोष पुन, दिनेश गुरुङ, रेशम पचे मगरले पनि प्रस्तुति दिएका थिए ।

त्यस अवसरमा आयोजना गरिएको राफल ड्रको प्रथम पुरस्कार विजेता बेलायती नागरिक कर्णल रि. ड्रिक ब्राउन बनेका थिए । उनले ३ सय ५० पाउन्ड बराबरको सुनको जन्तर पुरस्कार जितेका थिए । उक्त पुरस्कार श्री लक्की ज्वलर्स अल्डरसटले प्रायोजन गरेको थियो । दोस्रो विजेता हेम गुरुङ बने । उनले ३ सय पाउन्ड बराबरको सुनको जन्तर पुरस्कार पाएका थिए । तेस्रो पुरस्कार ५० पाउन्ड लिकन गुरुङले जितेकी थिइन् । जीआरएनसीले सन् २००३ मा च्यारिटीमा संस्थाका रुपमा दर्ता भएपछि निरन्तर नयाँ वर्ष मनाउँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!