जीआरएनसीको आयोजनामा बेलायतमा भोलि शनिबार नेतृत्व विकास तालिम

SHARE:

लन्डन २१ अप्रिल २०२३ । मास्टर कन्सियसनेस कोच इन्द्र गुरुङ र मास्टर साइकोलोजी काउन्सलर एवं इनर्जी हिलर राजी श्रेष्ठ गुरुङले बेलायतमा शनिबार ‘लिडरसिप ट्रान्स्फमेसन नेतृत्व विकास तालिम दिने भएका छ्न् । त्यस्तै आइतबार ‘नेचर ओक’ प्रशिक्षण गराइनेछ ।

ग्रेटर रसमूर नेप्लिज कम्युनिटी यूके (जीआरएनसी)को आयोजनामा नेतृत्व विकास र जंगलमा हिँडाइको हुने भएको अध्यक्ष मान गुरुङले जानकारी दिए । उनका अनुसार नेतृत्व विकास ‘लिडरसिप ट्रान्स्फमेसन’ अन्रर्गत ७ वटा चरणको ज्ञान सिकाइने छ । जसमा प्राक्टिकल पनि हुने अध्यक्ष गुरुङले बताए । उक्त प्रशिक्षण कार्यक्रममा मानिसको स्मरण शक्ति कसरी बढाउने, कसरी स्वस्थ रहने र सम्पत्ति आर्जन तथा सफलता प्राप्तबारे पनि क्लास हुने छ । यो क्लास लिएपछि सिकेपछि स्वयम्‌ले अभ्यास गर्न सकिन्ने पनि अध्यक्ष गुरुङको विश्वास छ ।

आइतबार नेचर ओक गराइने भएको छ । क्वीन्स एभिन्यूमा जम्मा भएर अल्डरसटको ‘वेललेस्ले उडल्यान्ड’ जंगलमा हिँडाइने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार यी कार्यक्रमबाट फन्ड राइजिङ गराएर जीरआरएनसीको प्रयोजेक्टमा लगाउने योजना छ । फायर ओक टेनरसमेत रहेका इन्द्र र राजी अप्रिल १२ तारिखमा बेलायत आएका हुन् । उनीहरुले १४ अप्रिलमा जीआरएनसीले अल्डरसटमा आयोजना गरेको नेपाली नयाँ वर्ष २०८० मा प्रस्तुति दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!