बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबद्वारा पदबाट राजीनामा

SHARE:

लण्डन २१ अप्रिल २०२३ ।

बेलायतमा उपप्रधान तथा न्यायमन्त्री डोमिनिक राबले राजीनामा दिएका छन् ।

कर्मचारीलाई धम्क्याएको आरोप लगाएपछि उनी विवादमा परेका थिए । राबले आरोपको विरोध गर्दै आएका थिए । विपक्षी पार्टीले भने प्रधानमन्त्री सुनकमाथि आफ्नो उपप्रधानमन्त्रीबारे निर्णय लिन ढिला गरेको आरोप लगाएको थियो ।

यसबारे छानबिन रिपोर्ट बिहीबार मात्र प्रधानमन्त्री ऋषि सुनकलाई बुझाइएको छ । उपप्रधानमन्त्री राबले शुक्रबार राजीनामा दिएको बीबीसीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!