नेपाल स्कटल्यान्ड फ्रेन्डसीप फोरम अध्यक्षमा उद्धव भट्टराई

SHARE:

लन्डन २३ अप्रिल २०२३। बेलायतको एउटा राज्य स्कटल्यान्डको डण्डी र टेसाइड क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सामुदायिक संस्था ‘नेपाल स्कटल्यान्ड फ्रेन्डसीप फोरम’ को अध्यक्षमा उद्धव भट्टराई चयन भएका छन् ।

डन्डी सहरस्थित भारतीय आश्रमको सभाहलमा आयोजित भेलाले भट्टराई नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा मेनुका कटुवाल, सचिवमा देवी तिमिल्सिना, उपसचिवमा देवी वराल, कोषाध्यक्षमा रोशन भट्टराई चयन भए ।

सदस्यहरूमा अनल गौतम, ज्योत्स्ना भट्टराई, राधा खत्री, जयन्ती खड्का, इला गुरुङ र नवीन बर्देवा चयन भएका छन् । यसका साथै भेलाले प्रा. डा. गोपाल सापकोटा, डा. शिला त्रिपाठी र शोभा भट्टराई रहेको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । भेलामा लगभग ९० जना स्थानीय नेपाली सहभागी थिए ।

फोरमका संस्थापक अध्यक्ष प्रा. डा. गोपाल सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली नयाँ वर्ष २०८० को शुभकामना शुभकामना आदानप्रदान गरिएको थियो । संस्थाकी सल्लाहकार तथा पूर्वअध्यक्ष डा. शिला त्रिपाठीले फोरमको इतिहास र गरेका कामबारे जानकारी दिएकी थिइन् भने निवर्तमान अध्यक्ष शोभा भट्टराईले आफ्नो कार्यकालमा भएका कामको जानकारी दिइन् ।

कार्यक्रममा सहभागीहरुले नेपाली लोकप्रिय गीत संगीतमा नाचगान समेत गरेका थिए । राधा खत्री, महेश्वर खनाल र नवीन बर्देवाले गीत प्रस्तुत गरेका थिए भने वालकलाकारहरुले नृत्य एवं मनोरञ्जनात्मक प्रस्तुति गरे । कार्यक्रममा गोर्खा तन्दुरीको मीठा नेपाली परिकारहरू सहभागीले स्वाद लिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!