राष्ट्रिय आविष्कार केन्द्रको लागि च्यारिटी डिनर सम्पन्न

SHARE:

 

२२ अप्रिल २०२३ – : जमुना पुन बेलायत ।

डा. महाबिर पुनद्वारा स्थापित संस्था राष्ट्रिय आविष्कार केन्द्रको लागि च्यारिटी डिनर बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा सम्पन्न भएको छ।

उक्त च्यारिटी डिनर नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके, नेपाल आदिवासी जनजाति युवा महासंघ युके, नेपाल आदिवासी जनजाति साहित्य तथा लेखक महासंघ यूकको संयुक्त आयोजनामा सम्पन्न च्यारिटी डिनरको औपचारिक कार्यक्रम आपतकालीन अबस्था सम्बन्धि जानकारी, आसनग्रहण, स्वागत मन्तब्य, दिप प्रज्वलन, नेपला र बेलायतको राष्ट्रिय गीत तथा धुन बजाएर शुरु गरिएको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष तथा च्यारिटी डिनर कार्यक्रमका अध्यक्ष कर्मा पहाडी शेर्पा, प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल र बिशेष अतिथि तथा गैर आबासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहमगर र बिशेष अतिथि तथा नेपालको प्रदेश नम्बर १, योजना आयोगका पुर्ब अध्यक्ष पूर्ण लक्समले संयुक्त रुपमा दिप प्रज्वलन गरेका थिए। सो कार्यक्रममा हालसालै दिबंगत भएका क्याप्टेन राम बहादुर लिम्बु भिसीको स्मृतिमा दुइ मिनेट मौनधारण गरिएको थियो।

उक्त च्यारिटी कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष गोमा रानाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा बर्तमान अध्यक्ष डा. महाबिर पुन र राष्ट्रिय आविष्कार केन्द्रको बारेमा पावर पोइण्ट तथा भीडिओ किलिप प्रस्तुत गरेका थिए भने नेपाल आदिवासी जनजाति महासंघ युकेका निबर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक रिटायर्ड लेफ्टेनेण्ट श्री लिम्बु, सल्लाहकार एकिन्द्र गुरुङ, निबर्तमान अध्यक्ष तुल छन्त्याल, बिशेष अतिथि एनआरएनए युकेका अध्यक्ष प्रेम गाह, बिशेष अतिथि तथा नेपालको प्रदेश नम्बर १, योजना आयोगका पुर्ब अध्यक्ष पूर्ण लक्समलगयत प्रमुख अतिथि रोशन खनालले नेपाल आदिवासी जनजातिहरुको हक अधिकार, प्रदेश नम्बर १ को नामाकरणको बारेमा चलिरहेको आन्दोलन र राष्ट्रिय आविष्कार केन्द्रको बारेमा आ-आफ्नो मन्तब्यहरु राखेका थिए।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरु रजनी गुरुङ, सागर गुरुङ, सुनिता थेगिम, कमल खत्री र सुदिप क्षेत्रीले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए भने पाइपर निर्मल थापाले पाहुनाहरुको स्वागत, दुइ मिनेट मौन धारणलगायत बिभिन्न अबसरमा पाइपको धुन बजाएर सहयोग गरेका थिए। कार्यक्रममा महिला महासंघका उपाध्यक्ष गङ्गा माया दुरा र युवा महासंघका उपसंयोजक रुद्र थापाले संयुक्त रुपमा राफल ड्र कार्यक्रम संचालन गरेका थिए।

नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष तथा च्यारिटी डिनर कार्यक्रमका अध्यक्ष कर्मा पहाडी शेर्पाको आतिथ्यमा संचालन कार्यक्रमलाई संस्थाका महासचिब बिमला सेनले संचालन गरेका थिए। सो कार्यक्रममा स्वागत मन्तब्य नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका उपाध्यक्ष गङ्गा माया दुराले दिएका थिए भने संस्थाका उपाध्यक्ष लिला सेलुङ माबोले आपतकालीन अबस्थाको बारेमा जानकारी दिएका थिए।

राष्ट्रिय आविष्कार केन्द्रको लागि च्यारिटी डिनर कार्यक्रममा प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, बिशेष अतिथि तथा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहमगर, बिशेष अतिथि तथा नेपालको प्रदेश नम्बर १, योजना आयोगका पुर्ब अध्यक्ष पूर्ण लक्सम, काउन्सिलरहरु बिष्णु गुरुङ, नेम थापा, नेपाल आदिवासी जनजाति महासंघ युकेका निबर्तमान अध्यक्षहरु, रिटायर्ड लेफ्टेनेण्ट श्री लिम्बु, तुल छन्त्याल, जंग सुनुवार, सल्लाहकारहरु, कार्यक्रम संचालनका लागि प्रायोजकहरु मेजर योगेश राई, कमल पौडेललगायत बेलायतमा स्थापित बिभिन्न जातीय संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष तथा च्यारिटी डिनर कार्यक्रमका अध्यक्ष कर्मा पहाडी शेर्पाले आफ्नो मन्तब्य राख्दै कार्यक्रम सफल पार्नमा सहयोग गर्ने सम्पूर्ण महानुभाबहरुलाई हार्दिक धन्यवाद दिएका थिए।

उक्त च्यारिटी कार्यक्रमलाई एभेरेष्ट टाइम्स युकेको फेसबुकद्वारा प्रतक्ष प्रसारण गरेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!