
चिम्खोले काईला २२ अप्रिल २०२३ – बेलायत ।
प्रवासी नेपाली संघ (मोना) युकेले नेपाली नयाँबर्ष सुभकामना साँझ बेलायतको फार्नबोरो स्यामुल कोडी सपोर्ट कलेजमा हर्षोलासको साथमा धुमधामले मनाएको छ ।
नयाँबर्ष सुभकामना साँझको औपचारिक कार्यक्रम, आपतकालीन अबस्था सम्बन्धि जानकारी, आसनग्रहण, स्वागत मन्तब्य, दिप प्रज्वलन, नेपाल र बेलायतको राष्ट्रिय गीत तथा धुन बजाएर शुरु गरिएको थियो । उक्त औपचारिक कार्यक्रम पश्च्यात म्याग्दीबाट बेलायतमा बसोबास गरेका र बिभिन्न क्षेत्रहरुमा प्रगति गरेका म्याग्देलीहरुलाई सम्मान गरिएको छ। यस बर्ष बिशेष गरेर शिक्षा क्षेत्रमा ग्रजुएन्सन गरेका नानी बाबुहरू र सांगीतिक क्षेत्रमा एल्बम निकाल्न सफल तारा गर्बुजालाई सम्मान गरिएको छ। सो कार्यक्रममा मोना युकेका अध्यक्ष कुमार फगामी, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल र बिशेष अतिथिहरुले नयाँ बर्षको सुभकामना मन्तब्य दिएका थिए।
मोना युकेको नयाँ बर्ष शुभकामना साँझमा नेपालबाट आएका कलाकारहरु प्रकाश दुतराज र शोभा कार्कीले आ-आफ्नो प्रस्तुतिलगायत बेजोड दोहोरि प्रस्तुत गरेका थिए। शुभकामना साँझमा स्थानीय कलाकारहरु स्वेता तिलिजा, अर्जुन पुन, सजिन पुन, अन्जी रोका, धौलागिरि नौमती बाजा र पुन मगर पुर्ख्यौली समुहले आ-आफ्नो प्रस्तुति दिएका थिए। नयाँ बर्ष शुभकामना साँझमा संस्थाका महिला उपाध्यक्ष धन रोकाले राफल ड्र संचालन गरेकी थिइन्।
मोना युकेको नयाँ बर्ष शुभकामना साँझको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनालको उपस्थिति थियो भने बिशेष अतिथिहरुमा, रस्मरबोरो काउन्सिलका काउन्सिलरहरु, एलेस क्रोफोर्ड, प्रवेश केसी,एन आर एन युकेका निबर्तमान अध्यक्ष योगेन क्षेत्री, मगर संघ युकेका अध्यक्ष सित पुनलगायत बेलायतमा स्थापित बिभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
शुभकामना साँझमा मोना युकेका संस्थापक अध्यक्ष दलमान पुन, निबर्तमान अध्यक्षहरु, रेशम शेरचन, उमेश राना, कमल पुर्जा, मोना हंगकंगका अध्यक्ष इन्द्र थापा (एलजी) ट्रस्टीहरु लिलामण शेरपुन्जा र दल जुग्जाली, सल्लाहकारहरु अमर मल्ल, बेल बुराथोकी, रत्न शाही, जंग पुन र जित पुनलगायत झन्डै ५ सय जनाको उपस्थिति रहेको थियो।
मोना युकेका अध्यक्ष कुमार फगामीको अध्यक्षतामा संचालित कार्यक्रमलाई संस्थाका महासचिब बिष्णु भण्डारीले संचालन गरेका थिए। सो कार्यक्रममा मोना युकेका उपाध्यक्ष तथा कार्यक्रम प्रमुख संयोजक पदम सुन्दर गर्बुजाले स्वागत मन्तब्य दिएका थिए भने संस्थाका सचिब मन्दिप जुग्जालीले आपकालिन अबस्थाको बारेमा जानकारी दिएका थिए ।
उक्त नयाँबर्ष शुभकामना साँझ कार्यक्रमको गतिविधिलाई एभेरेष्ट टाइम्स युकेको फेसबुकद्वारा प्रत्यक्ष प्रसारण गरेको थियो।






