४ घरे आमा समूह ले नेपालको तनहूँ ज़िल्लमा रहेको भानु – ७ चन्दानी गाऊको चण्डिका बाल गृह को सहयोगार्थ चलचित्र रिपा प्रदर्सन गरीने भएको छ । स्थानीय समाजसेवीहरु बाट संचालित बालगृह को बस्तुस्थिति देखेपछि च्यारिटी गर्न लागेको ४ घरे आमा समूहको गुड्डु गुरुंगले बताउनु भयो । १ महीना पछी हामी ४ घरे नेपाल जादैछौ त्यही बेला प्रत्यछ भेटेर संगकलित रक़म सहयोग गरेर आउने पनि जनाउनू भएको छ ।

उक्त च्यारिटीमा रिपा फ़िल्म प्रदर्शन पश्चात गायक सागर गुरुंग र पृथ्बी गुरुंग ले मनोरंजञनात्मक सास्कृतिक कार्यक्रम गर्ने छ ।
रिपा फ़िल्म को लागि बेलायत आउनु भएको रिपाको निर्माता निर्देसक प्रितम गुरुंग को अनुसार रिपा , गुरुंग सास्कृतिक फ़िल्म भन्दा पनि रिपा लगाए पछिको सकारात्मक मनोबैज्ञानिक प्रभाब हो । पहिलो शो बाट हौसिएको प्रितम बेलायतमा हुने दोस्रो शो बाट नि आशाबादी हुनुहुनच्छ ।
कार्यक्रम हुने
मिति – ३० अप्रिल २०२३
समय – ५ बजे
स्थान – एम्पायर हल अल्टरसोट






