एनआरएनए यूकेले आफ्नो नियमित निशुल्क स्वास्थ्य शिविर संचालनको लागि तयारी

SHARE:

 

 

 

 

 

 

 

 

 

 

 

लन्डन । एनआरएनए यूकेले आफ्नो नियमित स्वास्थ्य शिविर संचालनको लागि भोलि ३० अप्रिल आइतबार गर्ने तयारी गरेको छ ।

अल्डरसटस्थित आफ्नै कार्यालयमा दिउसो २ देखि ४ बजेसम्म हुन लागेको उक्त शिविरमा ब्लड प्रेसर, ब्लड सुगर, उचाईं तथा तौल जांच, मानसिक स्वास्थ्य, पोषण, लागूऔषध तथा अल्कोहल लत छुटाउन परामर्श एवं समग्र स्वास्थ्य अवस्थाबारे सुझाव सल्लाह दिइने कार्यक्रमका संयोजक डा. विशाल गुरुङले जनाए ।

शिविरमा चिकित्सक तथा नर्सहरुबाट जांच तथा परामर्श दिइनेछ ।

विशेषगरि अंग्रेजी भाषा समस्या भएका वृद्धवृद्धाहरुलाई लक्षित गर्दै प्रत्येक महिनाको अन्तिम आइतबार निशुल्क स्वास्थ्य शिविर हुंदै आएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।

अल्डरसट क्षेत्रमा भूतपूर्व गोर्खाहरुको वाहुल्यता छ । वृद्धवृद्धा अंग्रेजीका कारण आफ्ना समस्या भन्न संकोच मान्ने भएकाले पनि शिविरबाट उक्त वर्ग लाभान्वित हुने गाहामगर बताउंछन् ।

अध्यक्ष गाहामगरले शिविरबाट लाभ लिन सम्बन्धित सबैलाई सुझाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!