चर्चित कलाकारको साथमा २४ जूनमा स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट हुने

SHARE:

लन्डन ३० अप्रिल २०२३ । स्याङ्जा समाज यूकेले आगामी २४ जुन २०२३ मा वार्षिक भेटघाट र सम्मर बीबीक्यू कार्यक्रम गर्ने भएको छ ।

नेपालका ख्यातिप्राप्त कलाकार श्याम रानामगर र सिमा (नानु) गुरुङको जोडदार प्रस्तुतिसहित फानबोरोस्थित ग्रान्ज कम्युनिटी जुनियर स्कुलमा कार्यक्रम राखिएको कार्यक्रम संयोजक एवं स्याङ्जा समाज यूकेका उपाध्यक्ष भरत गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रम कार्यक्रम बिहान ११ बजेदेखि राति ९ बजेसम्म हुनेछ ।

लोक तथा दोहोरी प्रत्यक्ष गायनमा खप्पिस गायक राना पहिलोचोटी बेलायत आउन लागेका हुन् । गायक रानाले आफूहरु बेलायत आउने तयारीमा रहेको भन्दै २४ जुनको कार्यक्रमका लागि भिडियो सन्देशमार्फत चुले निम्ति दिएका छन् । उनीसँगै गायिका सीमा गुरुङ पनि आउँदैछन् ।

कार्यक्रम सफल बनाउन र मनोरञ्जन लिनका लागि बेलायतवासी स्याङ्जाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुमा आयोजकले उपस्थिति भइदिन अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!