झापा ३० अप्रिल ३० । मनोक्रान्ति यूकेबाट मनोक्रान्ति झापा समितिलाई २८ हजार आर्थिक सहयोग भएको छ ।
मनोक्रान्ति अभियान यूकेका संयोजक योग प्रशिक्षक, रेकी मास्टर नगेन्द्रराज नेम्वाङको अगुवाईमा संकलित रकम दुई चरण गरी हस्तान्तरण गरिएको हो । सहयोग रकम हस्तान्तरण भने मनोक्रान्ति योद्धा एवं व्यवसायी गजेन्द्रराज नेम्वाङले गरेका थिए । उनले आइतबार १० हजार र यसअघि १८ हजार सहयोग हस्तान्तरण गरेको जनाए ।
यूकेबाट सहयोग गर्नेहरुमा खर गुरुङ, रन तावा लिम्बू, मोहन थापा, गंगादेवी गुरुङ, सोमरस तामाङ, निलकुमार थापा, पूर्णकुमारी थापा, रिखी राम राना र योग प्रशिक्षक गोपबहादुर सिञ्जालीमगर छन् ।
मनोक्रान्ति झापा समिति संयोजक मगरले सहयोगका लागि नगेन्द्र नेम्वाङ र उनका साधक साधिकालाई धन्यवाद दिइन् । उनले यसरी नै सहयोगी हातहरु बढ्दै जाओस् भन्दै जीवन सुखमय, स्वस्थमय र जीवन रुपान्तरणको आध्यात्मिक यात्रा बढ्दै जाओस् भन्ने शुभकामना व्यक्त गरिन् ।
मनोक्रान्ति विश्व परिवार बिर्तामोड झापाको आयोजनामा यही बैशाख २२ गते गुरु डा . योगी बिकाशानन्द र गुरुमा कमलेस्वरीले झापा बिर्तामोडमा एक दिने योग ध्यान माइन्ड टेक्नोलोजी हेप्नोटिस कार्यक्रम गर्दै छन् उक्त कार्यक्रम सन्चालनको लागि आर्थिक सहयोग गरेको मनोक्रान्ति अभियान यूकेका संयोजक नेम्वाङले बताए ।






