बेलायती राजाको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद सहभागी हुने

SHARE:

लण्डन १ मे २०२३ ।

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागिता हुने भएका छन् ।

चाल्र्स तृतीयको राज्याभिषेकमा वैशाख २१ गते बेलायत जाने मिति तय भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको थियो । उपचारपछि आइतबार मात्रै नेपाल फर्कन लागेका पौडेल स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री साउद जान लागेका हुन् ।

चाल्र्स तृतीयको राज्याभिषेक वैशाख २३ गते मे ६ तारिखका लागि तोकिएको छ । वैशाख २६ गते नेपाल फर्कने साउदले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!