पर्वत वेलफेयर सोसाइटी यूकेले मनायो नेपाली नयाँ वर्ष २०८०

SHARE:

 

 

 

 

 

 

 

लन्डन २ मे २०२३ । विभिन्न कार्यक्रमसहित पर्वत वेलफेयर सोसाइटी यूकेले आइतबार नेपाली नयाँ वर्ष २०८० मनाएको छ ।

बेलायतको अल्डरसटस्थित प्यालेस रेष्टुरेन्टमा आइतबार आयोजित समारोहमा पर्वत जिल्लाबाट आएर बेलायतमा बसोवास गरिरहेका पर्वते एवं गैर पर्वतवासी नेपालीहरुको उपस्थिति नयाँ वर्ष मनाइएको हो । कार्यक्रम उद्घाटन प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ र वर्तमान अध्यक्ष अप्सरा गुरुङले संयुक्त रुपमा गरेका थिए ।

मन्तव्य दिँदै राजदूत आचार्यले २१ वर्षअघि स्थापित पर्वत समाजले गरेका सामाजिक कार्यहरुको तारिफ गरे । एनआरएनए अध्यक्ष कुल आचार्यले आफ्नो जन्मथलोका लागि केही गर्न आग्रह गर्दै संविधान बनेको ८ वर्ष बितिसक्दा पनि गैर आवासीय नेपाली नागरिकता विधेयक अझै पारित नभएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हालैको भेटमा स्मरण गराएको बताए ।

समाजकी अध्यक्ष अप्सरा गुरुङको सभापतित्वमा भएको कार्यक्रममा पर्वत वेलफेयर सोसाइटी यूके संस्थापक अध्यक्ष हित काजी गुरुङ, पूर्वअध्यक्ष दधि आचार्य, निवर्तमान अध्यक्ष नेत्र आले लगायतले शुभकामना दिएका थिए । अध्यक्ष गुरुङले अग्रजहरुको साथ सहयोगको अपेक्षा गर्दै संस्थाले गरेका विविध गतिविधिबारे प्रकाश पारिन् । उनले सहयोगी सबैप्रति आभार समेत व्यक्त गरेकी थिइन् । महासचिव सन्जयध्वज भण्डारीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुरज पौडेलले स्वागत मन्तव्य दिएका थिए ।

उक्त अवसरमा समाजले ‘टप ५’ पर्वतेहरु समाजका संरक्षक रविन्द्रजंग लामिछाने, संरक्षक कुल आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, तमुधिं यूके अध्यक्ष हरि गुरुङ र थर्क रानालाई सम्मान गरेको थियो ।

कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु साहिमा श्रेष्ठ, रमिला न्यौपाने, सुदीप क्षेत्री, कृष्ण काफ्ले र सागर गुरुङले सुमधुर गीत प्रस्तुत गरेर मनोरन्जन प्रदान गरे । स्थानीय गायक बाबुराम भुषालले गायन प्रस्तुत गरे भने कृतिका आचार्यले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।

तस्बिरहरु : मिलन तमु

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!