लन्डन । मगर संघ युकेको भवनमा २९ जुलाई आइतबार साँझ भव्य स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विश्व मगर संघ बेल्जियमका नवनिर्वाचित अध्यक्ष लोक राना, मगर र कौरा बृत्तचित्रका नायिका सबिता राना, मगर र नेपालबाट आएका कलाकार जयलक्ष्मी छन्त्याल पुन, बालचन्द्र बराललाई स्वागत तथा सम्मान गरिएको थियो ।
साथै, थ्री भिडीसी युके समाजका नवनिर्वाचित अध्यक्ष थम रोका (केन्द्रीय आजीवन सदस्य) र ब्रिटिस आर्मीमा पदोन्नति भएका क्या. रुद्रद्रछन्त्याल पुन र उनकी धर्मपत्नी विष्णुमाया पुनलाई मगर भवनमा स्वागत सम्मान गरिएको थियो ।
मगर संघ युकेका केन्द्रीय सहकोषाध्यक्ष होम रोकाले उपस्थित सबै आमन्त्रितहरुलाई कार्यक्रमबारे ध्यानाकर्षण गराई संस्थाका महासचिव लालबहादुर पुनलाई औपचारिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका थिए । त्यसलगतै मगर संघ युकेका अध्यक्ष नेम थापा, नेपाल मगर संघ युरोप अमेरिका संयोजक शान्ति थापा, प्रमुख अतिथि लोक राना तथा उपस्थित सबैलाई परिचययात्मक तरिकाले आशनग्रहण गराएका थिए ।
कार्यक्रममा मगर संघ युकेका महिला उपाध्यक्ष अनिता रानाले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा केन्द्रीय पदाधिकारी, केन्द्रीय सल्लाहकार, मगर महिलाका अध्यक्ष छविमाया पुन, युएचबीसी शाखाका उपाध्यक्ष हेमा राना लगायतको उपस्थित थियो ।






