पञ्चासे समाज युकेले मनायो दसौं वार्षिकोत्सव

SHARE:

एटा संवाददाता
लन्डन । पञ्चासे समाज युकेले दसौं वार्षिकोत्सव मनाएको छ । गत शनिबार २८ जुलाईका दिन वेलिङ्गस्थित फल्कनउड कम्युनिटी हल दि ग्रीनमा मनाइएको हो ।

सो कार्यक्रमलाई समाजका अध्यक्ष शिवराम गुरुङ, संस्थापक अध्यक्ष ले. दानबहादुर गुरुङ, उपाध्यक्ष खुशीमान गुरुङ र उपाध्यक्ष नवराज गुरुङले संयुक्त रुपमा दिपप्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
सो अवसरमा नयाँ सदस्य, चेलीबेटी, नेपाल तथा बाहिरबाट आएका अतिथिहरुलाई खादा लगाई स्वागत तथा सम्मान गरिएको थियो । त्यस्तै, हालै बैबाहिक बन्धनमा बाँधिएका नव दम्पत्ती र कार्यक्रमलाई प्रायोजन गर्ने प्रायोजकहरुलाई संस्थापक अध्यक्ष दान बहादुर गुरुङले खादा लगाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

त्यस्तै, विभिन्न विषय र तहमा उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई अध्यक्ष शिवराम गुरुङले खादा लगाई दिएका थिए । सो कार्यक्रम हरि कुमार काजी गुरुङले संचालन गरेका थिए ।
करिब २०० जनाको सहभागिता रहेको कार्यक्रममा संस्थापक अध्यक्ष ले. दान बहादुर गुरुङ र ज्वाइँहरुको तर्फबाट ले. ललित गुरुङले शुभकामना मन्तब्य प्रकट गरेका थिए ।

समाज १० वर्ष पूरा गरेको अवसरमा संस्थापक अध्यक्ष दान बहादुर गुरुङ, अध्यक्ष शिबराम गुरुङ, उपाध्यक्ष खुशीमान गुरुङ र उपाध्यक्ष नवराज गुरुङले संयुक्त रुपमा केट काटेका थिए ।
विविध साँस्कृतिक कार्यक्रमको समेत प्रस्तुत् गरिएको कार्यक्रममा स्थानीय नेपाली कलाकारहरुले आ–आप्mनो कला प्रस्तुत् गरेका थिए ।

कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्नका लागि आमा समूहकी अध्यक्ष सति कुमारी गुरुङलगायत आमा समूहले विभिन्न खेल तथा चिठ्ठा खेलाएका थिए । सो चिठ्ठा खेलको बिजेतालाई संस्थापक महासचिव आरकुमार गुरुङले आधा तोला सुन प्रथम पुरस्कार स्वरुप प्रायोजन गरेका थिए ।

त्यस्तै, सो चिठ्ठा बिजेताहरुलाई अध्यक्ष शिवराम गुरुङले दोस्रो, विन्दिया गुरुङले तेश्रो, पञ्च कुमारी गुरुङले चौथो र विन्दुमाया गुरुङले पाँचौं पुरस्कारको प्रायोजन गरेका थिए ।
खुशीको नाच गर्दै सम्पन्न भएको कार्यक्रममा अध्यक्ष गुरुङले उपस्थित महानुभाव र कार्यसमितिलाई बिशेष धन्यवाद दिएका थिए ।

समाजका अध्यक्ष शिवराम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक महासचिव आर कुमार गुरुङले हेल्थ एण्ड सेफ्टीबारे, उपाध्यक्ष नवराज गुरुङले स्वागत मन्तब्य र महासचिव जय बहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!