लिम्बुवान नागरिक समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न

SHARE:

सिबि वनेम
लन्डन आस्फोर्ड ५ मे २०२३ । लिम्बुवान नागरिक समाज यूकेको काङ्सोरे अक्षय कोष निर्माण सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।

गत आइतबार ३० अप्रिलका दिन आस्फोर्डस्थित सेन्ट फ्रान्सिस चर्च हलमा नेपाल आदिवासी जनजाती महासंघ यूकेका महासचिव बिमला सेनेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा युमा साम्यो महासभा यूकेका अध्यक्ष दिल पालुङ्वा, सेवारो कलाकार संघ यूकेका अध्यक्ष दुर्गा पाङ्मा, सगरमाथा गोर्खा नेपाली कमिटी आश्फोर्ड, निवर्तमान अध्यक्ष कप्रसाद छन्त्याल, नेपाल आदिवासी जनजाति महासंघ यूकेका पूर्वअध्यक्ष सिरी लिम्बू , किरात याक्थुङ चुम्लुङ यूकेका निवर्तमान उपाध्यक्ष गणेश इजम, किरात याक्थुङ चुम्लुङ आश्फोर्ड शाखाका अध्यक्ष सोदिप थोप्रा, नेपाली समाचार डट कमका सम्पादक विश्वासदीप तिगेलालगायत संस्थाका सल्लाहकारहरु तुम्याहाङ तथा विभागीय प्रमुखहरु, नरेन्द्र माबोहाङ् (लिम्बुवानी सम्पदा तथा सांस्कृतिक विभाग प्रमुखमा), दिल सम्बाहाङ्फे (जनसम्पर्क तथा कूटनीतिक विभाग प्रमुखमा/पूर्वअध्यक्ष दिल सम्बाहाङ्फे), पूर्वकोषाध्यक्ष देब हुक्पा चोङ्बाङ, पूर्वसहकोषाध्यक्ष हरि नाल्बो, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, स्थानीय आस्फोर्डवासीहरुको उपस्थिति थियो ।

समाजका अध्यक्ष छत्र वनेमका अनुसार गत वर्ष नै निश्चित गरिएको कार्यक्रम भए पनि कोरोना पेन्डामिकका कारण यूकेभरिको लकडाउनले गर्दा यो कार्यक्रम स्थगित गर्नु परेकोले यो तेस्रो च्यारिटी कार्यक्रम भने यस वर्षमात्र गर्न सम्भव भएको हो । लिम्बुवानसम्बन्धी सकारात्मक जनचेतना, ऐतिहासिक पृष्‍ठभूमि संरक्षण संवर्द्धनको कार्य र लिम्बुवानको लागि आन्दोलनमा महत्वपूर्ण भूमिका निभएका ब्यक्ति र ब्यक्तित्वलाई प्रोत्साहनस्वरुप पुरस्कार वितरण गर्ने उद्देश्यले स्थापना भएको काङ्सोरे पुरस्कारका लागि १० लाख राशिको अक्षय कोष रहेको छ । जसको ब्याज मात्र वितरण गरिने छ ।

गत वर्षमात्र पहिलो पुरस्कार लिम्बुवानको लागि अबिराम संघर्षरत लिम्बुवानी नेता विर नेम्बाङलाई प्रदान गरिसकिएको छ । सोही स्थापना हुँदै गरेको अक्षय कोषको अपुग रकमका लागि यो तेस्रो च्यारिटी कार्यक्रम गरिएको पनि अध्यक्ष वनेमले जानकारी गराएका छन् । सचिब लाहाङ् चेम्जोङद्वारा सन्चालित कार्यक्रममा साउन्ड सिस्टम र के च्याब्रुङ कार्यक्रमको निमित्त उपलब्ध गराइदिने किरात याक्थुङ चुम्लुङ, आश्फोर्ड शाखा, हल सजावटका सामग्री उपलब्ध गराइ दिने आश्फोर्ड वेडिङ्सका व्यवस्थापक जितेन्द्र चेम्जोङ तथा परिवार, कार्यक्रमका लागि नगद सौजन्य प्रदान गर्नेलगायत कार्यक्रममा चाहिने पेय पदार्थ सौजन्य प्रदान गर्ने कार्यसमितिका पदाधिकारी, तुम्याहाङहरु त्यसैगरी कार्यक्रमलाई मनोरन्जनात्मक बनाइदिने कलाकार भाइबहिनीहरु, उपस्थित भई सहयोग पुर्‍याउने सबैमा लिम्बुवान नागरिक समाज यूकेका अध्यक्ष तथा उक्त च्यारिटी कार्यक्रम संयोजक छत्र वनेमले धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!