बेलायतमा मन्त्री साउदले भने- ‘नेपाल सरकार, भूपू गोर्खाहरुको पक्षमा छ’

SHARE:


लण्डन ६ मे २०२३ । नेपालका परराष्ट्रमन्त्री एनपी साउदसंग बेलायती भूपू सैनिकहरुको छलफल भएको छ । बेलायतमा रहेका साउदसंग गोर्खाका प्रतिनिधिहरुले २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुक्रबार भेटघाट गरेका हुन् । उनीहरुले परराष्ट्रमन्त्रीलाई स्वागत तथा बधाई ज्ञापन समेत गरेका थिए ।

गोर्खाहरुले गोर्खा वार्ताको विषयमा साउदलाई जानकारी गराउँदै नेपाल सरकारलाई आफ्ना सस्मया समाधान छिटो गर्न अनुरोध गरेका छन् । कुटनीतिक सम्बन्ध, सन्धी सम्झौताहरुबाट पनि गोर्खाहलाई विभेद भइरहेको हुनाले त्यसको अन्त्यका लागि स्वाभिमान, सार्वभौतसत्ता, जनताको अधिकार सुनिश्चित गर्न, समान पेन्सन, समान अधिकारका लागि नेपाल सरकारले प्रष्ट अडान राख्नुपने माग गरिएको गोर्खावाा भूतपूर्व सैनिक संघ गेसोका कार्यबाहक सभापति धर्म तामाङले जानकारी दिए । उनका अनुसार नेपाली नागरिक, गोर्खाहरुलाई न्याय दिलाउनुपर्ने माग गरिएको छ । अबको वार्ता नेपालका लागि सुनौलो अवसर भएकाले गोर्खालाई न्याय दिन चुक्न हुँदैन भन्ने कुरा व्यक्त गरेका छन् ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले वार्ताका विषयमा जानकारी गराए । परराष्ट्रमन्त्री साउदले वार्ता भइरहेको र यसमा आफूहरु जानकार रहेको बताए । धेरै पहिलेदेखि उठेको विषयवस्तु रहेको भन्दै अब वार्ताको संघारमा पुगेको उल्लेख गरे । नेपाल सरकार, गोर्खा भूपूहरुको पक्षमा रहेको बताए । उनले भने–‘हामीले विभिन्न कोणबाट छलफल गरेका छौं । गोर्खाको पक्षका लागि, न्यायका लागि वार्ता गर्दछौं । संघर्ष गर्दैछौं । यसमा अधिकतम प्रयास रहेनेछ । तपाईहरुले सन्धी सम्झौता अनुसार संघर्ष, आन्दोलन गर्नुभएको छ । हामी पनि न्यायका लागि कुटनीतिक पहल गर्छौं । वार्ता गर्छौं । यसलाई रोक्न दिन हुन्न ।’

बेलायतको कानुन, सन्धी सम्झौता अनुसार गोर्खाहरुले आन्दोलनको कार्यक्रम गरेको पाइएको बताए । उनले भने–‘दुई देशबीचको कुटनीतिक सम्बन्धलाई खलल पु¥याउने खालको संघर्ष, आन्दोलन हुँनुहुँदैन । यसमा हामी सचेत हुनुपर्छ । बेलायत सरकारको धारणा लिन्छौं । कुटनीतिक पहल गर्नेछौं ।’

कार्यक्रममा नेपाली राजदूतावासका उप–नियोग प्रमुख रोशन खनाल, गोर्खा भूतपूर्व सैनिक संघ गेसोका काव सभापति तामाङ, संयुक्त संघर्षसमितिका संयोजक कृष्णबहादुर राई, बिजीडब्लुएसका प्रतिनिध राष्ट्र राई, नेपाल भूतपूर्वक सैनिक संघ बेलायतका अध्यक्ष केशबहादुर गुरुङ, वार्ता समितिका सदस्य मेजर जुदबहादुर गुरुङ, जिपिआईजीका संयोजक मेजर उदयबहादुर गुरुङ, दिपक मास्के, गोर्खासंग सम्ब्न्धित अन्य संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । भूतपूर्व गोर्खाहरुको माग सम्बोधनका लागि गठित द्धिपक्षीय समितिको बैठक सेप्टेम्बरमा बस्दैछ । यसअघि प्राविधिक तहमा छलफल गर्न बाँकी केही विषयहरुमा पुनः प्राविधिक तहको वैठक बसेर सेप्टेम्बर महिनामा द्विपक्षीय समितिको अर्को वैठक बस्ने तय भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!