लण्डन ६ मे २०२३ ।

बेलायतको मेडवे केन्ट काउन्सिलमा नेपाली मूलकी छोरी नीना गुरुङ काउन्सिलर विजय बनेकी छिन् ।
बिहीबार सम्पन्न स्थानीय निकायमा चाथाम सेन्ट्रल र ब्रोम्टन वडामा लेबर पार्टीबाट उम्मेदवार रहेकी नीनाले १ हजार २११ मत पाएर जीत हासिल गरेकी हुन् । सोही वडाबाट लेबर पार्टीकै डामोला अनिमासन र भिन्स म्यापल पनि विजय भएका छन् ।
सम्भवत: उनी बेलायतमा काउन्सिलर बन्ने नेपाली मूलको दोस्रो महिला हुन् । यसअघि स्वन्ली काउन्सिलमा लक्ष्मी गैरे काउन्सिलर भएकी थिइन् । गोर्खा समुदायबाट भने उनी पहिलो काउन्सिलर हुन् । नीना पूर्वगोर्खाकी छोरी, गोर्खाकी श्रीमती हुन् ।
उनको नेपालको रिभानमा माइतीघर र धम्पुसमा कर्मघर हो । गोर्खाज् डटकमका संस्थापक नीना गोर्खा नेप्लिज कम्युनिटी मिडवेकी पूर्वअध्यक्ष हुन् ।






