बेलायतमा प्रिती लिम्बू काउन्सिलरमा निर्वाचित

SHARE:

प्रमिला लाबुङ राई
लन्डन ८ अप्रिल २०२३ । बेलायतको स्यानडस टाउन काउन्सिलमा नेपाली मूलकी छोरी प्रिती लिम्बू काउन्सिलरमा विजय बनेकी छिन् । ४ मे २०२३ बिहीबार सम्पन्न स्थानीय निकायमा स्यान्डसस्थित अल्समोर वार्डबाट कन्जरभेटिभ पार्टीको उम्मेदवार रहेकी प्रितीले सर्वसम्मतले बिजय हासिल गरेकी हुन् । यस स्थानीय निर्वाचनको नतिजा हेर्दा बेलायतमा काउन्सिलर बन्ने नेपाली मूलको दुई महिलाहरु रहेका छन् । साउथ वेस्ट इगल्यान्डबाट प्रिती लिम्बू विजयी भएकी हुन् भने बेलायतको मेडवे केन्ट काउन्सिलबाट नीना (मञ्जु) गुरुङ काउन्सिलरमा विजय बनेकी छिन् ।

यसअघि स्वन्ली काउन्सिलमा लक्ष्मी गैरे काउन्सिलर भएकी थिइन् । यस पटक विजयी हुने दुवै जना नवनिर्बाचित काउन्सिलरहरु गोर्खा समुदायबाट रहेका छन् । यस्तैगरी काउन्सिलर यसपटक समेत गरी ३ पटकसम्म विजयी हार्टफोर्डसायर डाकोरममा गोबर्धन सिलवाल र यस पटक समेत गरी २ पटक काउन्सिलर जित्ने मेडीस्टोन काउन्सिलको काउन्सिलरमा दिनेश खड्का र एक पटक जित्नेमा काउन्सिलर धनबहादुर सार्की रसमोर बरो काउन्सीलमा जितेर इतिहास रचेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!