विधान संशोधनका लागि राय सल्लाह पठाइदिन एनआरएनए यूकेको अनुरोध

SHARE:

लण्डन ९ मे २०२३ ।

गैरआवासीय नेपाली संघ यूकेले विधान संशोधनका लागि राय सल्लाह पठाइदिन अनुरोध गरेको छ ।

अल्डरसटस्थित एम्पायर हलमा आउंदो २१ मे आइतबार हुन गइरहेकोदशौं कार्यसमितिको विशेष महाअधिवेशनमा विधान संशोधन गरी हाल विधमान असहजता फुकाउन अत्यन्त जरुरी भएकाले विधानमा संशोधन गर्नु पर्ने केही बुंदा छन् भन्ने लागेको भए निम्न इमेल वा गैरआवासीय नेपाली संघ यूकेको पोस्टल ठेगानामा आफ्नो रचनात्मक तथा समय सान्दर्भिक राय सल्लाह पठाइदिन अनुरोध गरेको हो ।

उक्त कार्यक्रममा सहभागिताका लागि पनि पुन: स्मरण गराउन चाहन्छु । उक्त कार्यक्रममा एनआरएनए पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक डा। शेष घले प्रमुख अतिथीका रुपमा सहभागी हुनुहुनेछ । अध्यक्ष प्रेम गाहा मगरद्वारा आज जारी सुचनामा भनिएको छ ।

महा अधिवेशनमा डा.घलेसहित गैर आवासीय नेपाली संघ बेलायतका सम्पूर्ण पञ्जीकृत सदस्यहरुसहित एनआरएनए आइसीसीका पदाधिकारी लगायत केन्द्रिय पूर्व अध्यक्षहरु, संरक्षकहरु, गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, बेलायतस्थित सबै संघसंस्थाका प्रतिनिधि, प्रवुद्ध वर्ग तथा अभियन्ताहरुलाई निम्त्याइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!