यूके आएको केही समयमै बिरामी भएर २१ वर्षीया सदिक्षाको मृत्यु

SHARE:

लण्डन ११ मे २०२३ ।

 

उच्च शिक्षाका लागि यूके आएको केही समयमै बिरामी भएर २१ वर्षीया सदिक्षा तामाङको मृत्यु भएको छ ।

निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै उनको बुधबार १० मेमा मृत्यु भएको हो । सदिक्षा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् । ॠण जोरजाम गरी झन्डै २० लाख खर्चेर बेलायत आएकी सदिक्षाले अकालमै ज्यान गुमाउनु परेको छ ।

२०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिक्षाका बाबु कृष्ण कुमार थोकर समाजसेवी, लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् । परिवारले उनको अन्त्येस्टि नेपालमै धार्मिक परम्परा अनुसार गर्न चाहेको र शव नेपाल पठाइदिन बाबुले आग्रह गरेकोले आर्थिक सहयोग संकलन थालिएको गैर-आवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।

उनको परिवारको आर्थिक अवस्था दयनीय भएको बताइएको छ । अध्यक्ष गाहामगरले आफ्नो क्षमता अनुसार सहयोग गर्न बेलायतवासी नेपालीलाई अपिल गरेका छन् । उनले सदिच्छाको असामयिक निधनको खबरले सम्पूर्ण गैर आवासीय नेपाली संघ यूके परिवार स्तब्ध भएका पनि उल्लेख गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!