बेलायतमा मृत्यु भएकी सदीक्षाको शव नेपाल पठाउन सहयोगको अपिल

SHARE:

लन्डन १३ मे २०२३ । उच्च शिक्षा अध्ययनका लागि बेलायत आएको ६ महिना नबित्दै निधन भएकी सदीक्षा तामाङको शव नेपाल पठाउन सहयोग संकलन अभियान थालिएको छ ।

गैरआवासीय नेपाली संघ बेलायत र तामाङ सोसाईटी अफ युकेले सदीक्षाको शव नेपाल पठाउनका लागि सहयोगको अपिल गरेका हुन् । गत २६ डिसेम्बर २०२२ मा बेलायत बेलायत आएकी सदीक्षाको निमोनियका कार्ण उपचारका क्रममा २१ वर्षको उमेरमा यही १० मेमा निधन भएको हो । निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै उनको निधन भएको हो ।

२०५८ साल चैत ३ मा दोलखाको मेलुङ गाउँपालिका ३ मा जन्मिएकी सदीक्षाका बाबु कृष्णकुमार थोकर समाजसेवी, लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगरका अनुसार सदीक्षाको परिवारले अन्त्येस्टि नेपालमै धार्मिक परम्परा अनुसार गर्न चाहेका छन् । शव नेपाल पठाइदिन आग्रह गरेकोले आर्थिक सहयोग संकलन अभियान थालेको बताए । अध्यक्ष गाहामगरले आफ्नो क्षमता अनुसार सहयोग गर्न बेलायतवासी नेपालीलाई अपिल गरेका छन् ।
Bank : HSBC
Account Name : Non-Resident Nepalese Association UK
Sort code:- 40-46-22
Account Number- 51707000
Reference: SADIKSHYA 21

यस्तै तामाङ सोसाईटी अफ युकेले पनि सदीक्षाको शव स्वदेश पठाउन सहयोगको लागि अनुरोध गरेको छ । सदीक्षाको बेलायतमा आफन्त, नजिकको नातेदार र गाउँले दाजुभाईहरू पनि नभएको अवस्थामा मानवीय नैतिकताको आधारमा र एउटा नेपाली चेलीको नाताले सहयोग गर्न अनुरोध गरिएको हो । दुःख, पीडा र आपत विपद्को घडीमा आफ्नै परिवारको सदस्य सम्झिएर सद्भाव, सहानुभूति र स्नेहपूर्वक सहयोगी हातहरु अघि बढाउन महासचिव मनी मोक्तान तामाङले अनुरोध गरे ।

उनले तामाङ सोसाईटी अफ यूकेको बैंक खातामा स्वईच्छाले सहयोग गर्न अनुरोध गरेको छ ।
Name of Bank: HSBC
Payee name: TSOUK
Sort Code: 40-08-32
A/C no: 72116227

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!