मगर संघ युकेद्वारा आयोजित नेपाली ओपन कन्सर्टमा सांगीतिक धमाका

SHARE:

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

जमुना पुन

बेलायत १३ मे २०२३ । मगर संघ युकेद्वारा आयोजित नेपाली ओपन कन्सर्टमा नेपालबाट आमन्त्रित कलाकार तथा स्थानीय कलाकारहरुले सांगीतिक धमाका मच्चाएका छन् ।

बेलायतको फार्नबोरोस्थित फुटबल क्लबमा नेपालबाट आमन्त्रित कलाकारहरु प्रमोद खरेल, ज्योति मगर, छेवाङ लामा र स्थानीय कलाकारहरुले उक्त ओपन कन्सर्टमा धमाका मच्चाएका हुन् । तर बिडम्बना आमन्त्रित कलाकारहरुले बेलायतवासी फ्यानहरुसँग प्रत्यक्ष भेट गर्न चाहेनन् ।

नेपाली ओपन कन्सर्टको पहिलो चरणमा मगर संघ युकेका सचिव गोमान पुनमगरले आपतकालीन अवस्था बारेमा सूचना दिएका थिए भने महासचिव गुमानाग सिङ थापाले सम्पूर्ण उपस्थित महानुभाबहरुलाई आसन ग्रहणगराएका थिए। नेपाली ओपन कन्सर्टमा नेपाल र बेलायतको राष्ट्रिय धुनहरु बजाएपछी नेपाली ओपन कन्सर्टको औपचारिक कार्यक्रम शुभारम्भ गरिएको थियो।

नेपाली ओपन कन्सर्टको दोस्रो चरणमा मगर संघ युकेका सांस्कृतिक साचिक सरु गुरुङ (तान्याङ) को नेतृत्वमा स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुतलगायत नेपालबाट आएका कलाकारहरु छेवाङ लामा, ज्योति मगर र प्रमोद खरेलले आ-आफ्नो सांगीतिक धमाका प्रस्तुत गरेका थिए |  नेपाली ओपन कन्सर्टको सांस्कृतिक कार्यक्रम बिएफबिएस गोर्खा रेडियोका संचालिका रुप राना, कलाकारहरु पवन राना, दिपक थापा माइठाने र सृजना लिम्बुले संचालन गरेका थिए।

नेपाली ओपन कन्सर्टको दोस्रो चरणमा मगर संघ युकेका सांस्कृतिक साचिक सरु गुरुङ (तान्याङ) को नेतृत्वमा स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुतलगायत नेपालबाट आएका कलाकारहरु छेवाङ लामा, ज्योति मगर र प्रमोद खरेलले आ-आफ्नो सांगीतिक धमाका प्रस्तुत गरेका थिए।

मगर संघ युकेका अध्यक्ष सिता पुनले अध्यक्षता गरेको नेपाली ओपन कन्सर्टमा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत श्री ज्ञानचन्द्र आचार्य थिए भने बिशेष अतिथिहरुमा गैर आबासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाह, नेपाल आदिवासी नेपाली महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पालगायत बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिघिहरुको उपस्थिति रहेको थियो।

नेपाली ओपन कन्सर्टमा संस्थाको बरिष्ठ उपाध्यक्ष लाल पुनले स्वागत मन्तब्य दिएका थिए भने महासचिब गुमान थापाले संचालन गरेका थिए। नेपाली ओपन कन्सर्टमा संस्थाका संथापक अध्यक्ष, निबर्तमान अध्यक्षहरु, ट्रस्टीहरु, सल्लाहकारहरु, साखाका अध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, युथ कमिटिका अध्यक्षलगायत बिभिन्न उपसमितिका सदस्यहरुलगायत मगर संघ युकेसंग आबद्ध संस्थाहरुको उपस्थिति रहेको थियो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!