दक्षिण एसियाका अन्य मुलुकहरुको तुलनामा नेपालमा व्यापार/व्यवसाय गर्न सहज : राजदूत आचार्य

SHARE:

लन्डन १४ मे २०२३ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल र बेलायत बीच व्यापार अभिवृद्धि गर्न नेपाली तथा ब्रिटिस व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) ले नेपालमा लगानी सम्भाव्यताबारे शुक्रबर लन्डन इलिंगको डबल ट्री हिल्टनमा आयोजित समारोहलाई सम्बोधन गर्दै राजदूत आचार्यले दक्षिण एसियाका अन्य मुलुकहरुको तुलनामा नेपालमा व्यापार व्यवसाय गर्ने वातावरण सहज रहेको बताए । ब्रिटेन नेपालको महत्वपूर्ण विकास साझेदार रहेको बताउँदै राजदूत आचार्यले हालैका दिनमा ब्रिटेनको निजी तथा सरकारी क्षेत्रबाट नेपालमा लगानी बढ्दै गएको जनाए । उनले कोभिड महामारी भन्दा पहिले झन्डै ६० हजार पर्यटकहरु वर्षेनी नेपाल जाने गरेकोमा अहिले त्यो संख्या प्रतिवर्ष ५० हजार पुगेको पनि बताए ।

बेलायतको अन्तर्राष्ट्रिय व्यापार मन्त्रालयका अनुसार सन् २०२२ मा नेपाल तथा बेलायतबीच वार्षिक व्यापार १४ करोड ७० लाख पाउण्ड रहेको छ। जसमध्ये नेपालबाट बेलायतमा निर्यात ११ करोड १० लाख पाउण्ड बराबर थियो भने बेलायतबाट आयात ३ करोड ६० लाख पाउण्ड बराबर । बेलायतले मशिनरी, यातायात उपकरण, रसायन र व्हिस्की नेपाल निर्यात गर्ने गरेको छ भने तयारी कपडा, जुत्ता, छालाका समान र कागजबाट बनेका उत्पादन आयात गर्ने गरेको छ ।

कार्यक्रममा ब्रिटेनको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद तथा पूर्व डिन रसेलले एक आपसमा सहयोग गर्दा सबै बलियो हुने धारणा व्यक्त गरे । उनले बेलायतमा रहेका नेपाली समुदायले एक अर्कालाई सफल हुन सहयोग गर्ने गरेको बताए । कोभिड महामारीका बेला समुदायका सदस्यहरुले एकआर्कालाई सहयोग गरेको उनले स्मरण गरे। नेपाल बेलायतको असल मित्र हो भन्दै सांसद रसेलले दुई देशबीचको व्यापार बढाउन आवश्यक रहेको बताए ।

बीएनसीसीका सिइओ रिचर्ड पेलीले नेपालमा लगानी वृद्धि गर्न प्रशासनिक व्यवधान हटाउन र दुवै देशबीच दोहोरो कर हटाउने सम्झौता गर्न आग्रह गरे । बीएनसीसी अध्यक्ष डा. कपिल रिजालले सबैलाई धन्यवाद दिंदै आफ्नो संस्थाले बेलायती व्यवसायीलाई नेपालमा लगानी गर्न प्रेरित गरिरहेको बताए।

कार्यक्रम बीएनसीसी उपाध्यक्ष विराज भट्टले संचालन गरेका थिए । कार्यक्रममा गायक सपनकुमार राईले सुमधुर गीत प्रस्तुत गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!