बेलायतको मेडवे केन्ट काउन्सिलको मेयरमा नेपालकी नीना (मञ्जु) गुरुङ निर्वाचित

SHARE:

लण्डन १६ मे २०२३ ।

बेलायतको मेडवे केन्ट काउन्सिलको मेयरमा पनि नेपाली मूलकी नीना मञ्जु गुरुङ निर्वाचित भएकी छन् ।

स्थानीय निर्वाचनबाट काउन्सिलर बनेको १० दिनपछि नीना सोमबार भएको मतदानमा मेयर निर्वाचित भएकी हुन् । उनी गत मे ४ तारिखमा चाथाम सेन्ट्रल र ब्रोम्टन वडामा लेबर पार्टीबाट उम्मेदवार बनेर १ हजार २११ मत पाई काउन्सिलर निर्पाचित भएकी थिईन । सोही वडाबाट लेबर पार्टीकै डामोला अनिमासन र भिन्स म्यापल पनि विजय भएका छन् । सम्भवतः उनी बेलायतमा काउन्सिलर बन्ने नेपाली मूलको दोस्रो महिला हुन् । यसअघि स्वन्ली काउन्सिलमा लक्ष्मी गैरे काउन्सिलर भएकी थिइन् । गोर्खा समुदायबाट भने उनी पहिलो काउन्सिलर हुन् ।

नीना पूर्वगोर्खाकी छोरी, गोर्खाकी श्रीमती हुन् । उनको नेपालको रिभानमा माइतीघर र धम्पुसमा कर्मघर हो । गोर्खाज् डटकमका संस्थापक नीना गोर्खा नेप्लिज कम्युनिटी मिडवेकी पूर्वअध्यक्ष हुन् । मेयरजस्तो प्रतिष्ठित पद धारण गर्ने गोरखा समुदायकी पहिलो नेपाली महिला बनिन् नीना । र लेबर पार्टीबाट मेयर बन्ने पहिलो नेपाली महिला र लेबर पार्टीबाट मेडवे काउन्सिलमा पहिलो मेयरको रूपमा पनि इतिहास रचिन् ।

निर्वाचित भएपछि सबैलाई धन्यवाद दिँदै नीनाले सकारात्मक परिवर्तन, नेतृत्व र समुदायप्रतिको अथक् सेवा गर्ने पार्टीको मन्त्रलाई मूर्तरूप दिने प्रतिबद्धता जनाइन् । उनले आफूलाई मेडवेको मेयरमा निर्वाचित गरेर क्षमता पहिचान गरिदिएको भन्दै पार्टी नेतृत्व र सहकर्मीहरूप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!