तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ दम्पती नेपालमा सम्मानित

SHARE:

कास्की २० मे २०२३ । तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ र प्रथम महिला मिना गुरुङ पोखरामा सम्मानित भएका छन् ।

तमुधिं नेपाल, पोखराले आफ्नो वार्षिकोत्सव कार्यक्रमको अवसरमा शुक्रबार (१९ मे २०२३) का दिन गुरुङ दम्पतीलाई सम्मान गरेको हो । तमुधिं नेपालको तर्फबाट अध्यक्ष शिवकुमार गुरुङलाई फेटा, भांग्रा, खादा र मायाको चिनो साथै प्रथम महिला श्रीमती मिना गुरुङलाई खादा, पछेउरी र मायाको चिनोले सम्मान गरिएको थियो । अध्यक्ष गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सम्मानपत्र प्रदान गरेका थिए ।

तमु समाज यूकेका अध्यक्ष गुरुङले पनि तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई संस्थातर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा तमुधिं नेपालका अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष कर्म गुरुङ, रि. मेजर लक्ष्मीप्रसाद गुरुङ, तमु समाज यूकेका आजीवन सदस्य रि. क्या. हितमान गुरुङलगायतको उपस्थिति थियो ।

कार्यक्रममा तमु समाज यूकेका अध्यक्ष गुरुङले संस्थाको तर्फबाट रोधी घर निर्माणका लागि नगद १ लाख ५ हजार रुपैयाँ सहयोग तमुधिं नेपालका अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेको तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।

साथै तमुधिं नेपालले निर्माण गरिरहेको गुरुङ जातिहरुको पहिचान झल्किने संग्रहालयमा राख्नका लागि तमु समाज यूकेको तर्फबाट गुरुङहरुको पुरानो नृत्य घाँटु नाच नाच्दै गरेको आकृति राख्ने प्रतिबद्धता पनि अध्यक्ष गुरुङले गरेका थिए ।

यसैगरी, गुरुङ दम्पतीलाई तमु कलाकार संघ पोखराले पनि एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । संघको तर्फबाट अध्यक्ष सुरेन्द्र गुरुङले अध्यक्ष गुरुङ र प्रथम महिला गुरुङलाई सम्मान गरेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!