एनआरएनए यूकेको सदस्यता लिँदा शुल्क नलाग्ने

SHARE:

लन्डन २६ मे २०२३ । एनआरएनए यूकेको सदस्यता अब नि:शुल्क हुने भएको छ । आइतबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न महाधिवेशनको बन्द सत्रले अब एनआरएनएको सदस्यता नवीकरण गर्दा वा नयाँ बन्दा कुनै शुल्क नलाग्ने निर्णय गरेको हो ।

सदस्यता सम्बन्धि यो महत्वपूर्ण निर्णयपछि संस्थाप्रति जनमानसको आकर्षण पुनः बढ्ने आशा गरिएको छ ।

बन्द सत्रमा अध्यक्ष प्रेम गाहामगरले बेलायतका समस्त नेपालीलाई समेट्न र पञ्जीकृत सदस्यहरुलाई आर्थिक भार हुन नदिन एनआरएनए यूकेको सदस्यता नि:शुल्क गर्नुपर्ने प्रस्ताव राखेका थिए । अध्यक्षको प्रस्ताव बन्द सत्रले सहर्ष स्वीकृत गरेको हो ।

’हाम्रो वंशजको नागरिकता निरन्तरता अभियान कूटनीतिक तवरबाट समाधान गर्न सकिने भएकाले पञ्जीकृत सदस्यहरुबाट पैसा उठाइरहन आवश्यक छैन्’, गाहामगरले भने, ’आपतविपत पर्दा सहयोग माग्ने कुरा छंदैछ। नत्र हाम्रो अभियानका लागि सदस्यहरुसंग पैसा उठाएर उनीहरुलाई थप भार पार्नु न्यायसंगत होइन भन्ने निष्कर्षमा हामी पुगेका हौं ।’

उनले सदस्यहरुबाट विगतमा उठाइएको पैसा हिनामिना भएकाले अब त्यो परिस्थिति नदोहोरिने पनि दावी गरे ।

पोर्टल तयार हुन लागेकाले सदस्यता छिट्टै खुलाइने र सबैलाई नि:शुल्क सदस्य बनाउने आफूहरुको लक्ष्य रहेको गाहामगरले बताए ।

उनले विदेशमा रहेका नेपालीको वंशजको नेपाली नागरिकता धरापमा परेकाले यसलाई कायम राख्नका लागि सबैलाई नि:शुल्क सदस्य बनेर सहयोग गरिदिन पनि आग्रह गरेका छन् । यसले विदेशका अरु देशमा रहेका नेपालीलाई पनि प्रेरित गर्ने आशा गाहामगरको छ ।

’सदस्यता लिनेलाई धेरै लाभ हुनेछ’, गाहामगरले भने, ’मैले कतार वा टर्कीज् एयरवेजसंग एनआरएनए यूके सदस्य हुनेलाई नेपाल आवतजावत गर्दा कम्तीमा १० केजी एक्स्ट्रा वेट अलाउन्स दिलाउन पहल गर्नेछु ।’

यसबाहेक खाना, सपिङ र अन्य विभिन्न क्षेत्रमा डिस्काउन्ट व्यवस्था मिलाइने पनि उनले जनाए ।

बेलायतमा रहेका वंशजको नागरिकता चाहने सबै नेपालीलाई नि:शुल्क सदस्य बनाएर उनीहरुको भावना अनुरुप नेपाल सरकारसमक्ष वंशजको नेपाली नागरिकता कायम गराउन सशक्त पहल गर्ने अठोट पनि अध्यक्ष गाहामगरले लिएका छन् ।

आफ्नो रिसर्च टिमले अहिले वंशजको नेपाली नागरिकताका फाइदा बेफाइदाबारे सुक्ष्म अध्ययन गरिरहेको जनाउंदै उनले उक्त अध्ययन प्रतिवेदनका आधारमा जुलाई पहिलो साता नेपालका प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई ज्ञापन बुझाउने पनि जनाए ।

‘हाम्रो माग वास्ता गरिए पहिला हामी लन्डनस्थित नेपाली दूतावास घेरा हाल्छौं र नेपालमा माइतीघर मण्डलामा आमरण बस्न वाध्य हुनेछौं’, गाहामगरले चेतावनी दिए ।

उता, विश्वासदीप तिगेलाको संयोजकत्वमा रुद्र थापा सदस्य सचिव तथा टेकबहादुर थापा सदस्य रहेको विधान संशोधन समितिले विधान संशोधन पनि गरेको छ ।

संशोधित विधान अनुसार कम्तिमा १ सय ५० सदस्य भएका राज्य समितिले मात्र उपाध्यक्ष हुन सक्ने ब्यवस्था छ ।

त्यसैगरि, बेलायतमा कार्यरत नेपाली संघ संस्थाहरुले सन्चालन गर्दै आएका सामाजिक कार्यहरुमा आवश्यकता अनुसार सहयोग र सहकार्य गर्ने नीति पनि पारित भएको छ ।

आगामी कार्यकालका लागि भूपू गोर्खा वा बहालवाला गोर्खाहरुबाट एक पदेन उपाध्यक्ष रहने ब्यवस्था बहुमतद्वारा पारित विधानमा छ ।

त्यसैगरि, एनआरएनएको आगामी कार्यकालका लागि हुने निर्वाचन इलेक्ट्रोनिक माध्यमबाट नै हुने निर्णय समेत महाधिवेशनले गरेको छ ।

आगामी कार्यकालका लागि हुने निर्वाचन मिति भने गैर आवासीय नेपाली संघ यूके कार्यसमिति र निर्वाचन समितिले टुंगो लगाउने जिम्मा पाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!