गोर्खाहरुको मुद्धामा नेपाल सरकार र बेलायतबीच अर्को वार्ता जुन १५ मा हुने

SHARE:

लण्डन ३१ मे २०२३ ।

भूतपूर्व गोर्खाहरुको मुद्धामा बेलायत सरकारसंगको अर्को वार्ता आगामी महिना हुने भएको छ ।

जुन १५ तारिख बिहान ११ बजे लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा वार्ता तय भएको छ । भूतपूर्व गोर्खाहरुको समान पेन्सनसहितका विभिन्न मागहरुमा बेलायत तथा नेपाल सरकार र गोर्खाहरुसमेतको सहभागितामा चरणबद्ध रुपमा वार्ता हुँदै आएको छ । सोहि वार्ताको निरन्तरतास्वरुप अर्को चरणमा फेरि वार्ता हुन लागेको हो ।

यसैबीच, वार्ताका दिन बेलायती रक्षा मन्त्रालयबाहिर भेला भएर दबाब बढाउने योजना गोर्खाहरुले गरेका छन् । गोर्खा सत्याग्रह संघर्ष समितिकी महासचिव सइन्द्र केसी थापाले गोर्खाहरुको अधिकारको पक्षमा ऐक्यबद्धता जनाउन आवश्यक रहेकाले सबैको सहभागिताका लागि आव्हान गरेकी छन् ।

जसका लागि बिहान साढे १० बजे गोर्खा स्मारक अगाडि भेला हुन आग्रह गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!