श्रृजनशील लेष्टर नेपाल यूकेको अध्यक्षमा अर्याल

SHARE:


लन्डन १ जून २०२३ । श्रृजनशील लेष्टर नेपाल यूकेको अध्यक्षमा पुण्डरी अर्याल सर्वसम्मत चयन भएका छन् ।

बुधबार स्थानीय थ्री किल्स रेष्टुरेन्टमा सम्पन्न साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उनले यसअघि दुई कार्यकाल महासचिव र एक कार्यकाल सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उपाध्यक्षमा टीकाराम (लक्ष्मण) गौतम, शिव पराजुली महासचिव, माया प्रधान र दशरथ खरेल सचिव, मधुसूधन पौडेल कोषाध्यक्ष र हरिभक्त महर्जन सहकोषाध्यक्ष चयन भएका छन् ।

सदस्यहरुमा श्याम खत्री, प्रकाश कँडेल, दिनानाथ अर्याल, अन्दाज राणा, कृष्ण कँडेल, रीता डोटल, रूपा लोहनी निउरे, रूपा खराल, राजुमान निउरे र राजन पाण्डे निर्वाचित भएका छन् । संस्थाका संस्थापक अध्यक्ष एवम् निर्वाचन समिति संयोजक राजु कंडेलले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै शपथग्रहण गराएका थिए ।

साधारणसभामा समाजका संस्थापक अध्यक्ष राजु कँडेल, समाजका पूर्वअध्यक्ष एवम् एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटा, समाजका पूर्वअध्यक्ष एवं साझा नेपाली समाजका उपाध्यक्ष प्रेम आलेमगर, समाजका पूर्वअध्यक्ष बलराम चापागाई, एनआरएनए यूके उपाध्यक्षद्वय नारायण कँडेल र गोविन्द खरेल, साझाका ट्रष्टी संयोजक एवम् एनआरएनए आईसीसी सदस्य महेश अधिकारी, एनआरएनए यूके सचिव बिष्णु चालिसे, नटिंघम समाजका अध्यक्ष रविन्द्र शर्मा, पिटरबरो नेपाली समाजका ट्रष्टी भरत पान्डे, नटिंघम समाजका पूर्व अध्यक्ष प्रविण पान्डे, पूर्वउपाध्यक्ष शम्भू अर्याललगायत उपस्थित थिए । उनीहरुले नयाँ कार्यसमितिलाई बधाई, शुभकामना दिए ।

यसअघि निवर्तमान कार्यसमितिका अध्यक्ष नारायण फुयाँलको अध्यक्षतामा सम्पन्न साधारणसभाको पहिलो सत्रमा महासचिव पुण्डरी अर्यालको वार्षिक तथा कोषाध्यक्ष मधुसुदन पौड्यालको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । नवनिर्वाचित अध्यक्ष पुन्डरी अर्यालले आफ्नो कार्यकालमा समाजका लागि सकेको राम्रो योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!