नागरिकता विधेयक प्रमाणीकरण सकारात्मक भएको एनआरएनए अगुवाहरुको प्रतिक्रिया

SHARE:

लण्डन २ जुन २०२३ ।

गैर आवासीय नेपाली संघ एनआरएनएका संस्थापक तथा नेताहरुले राष्ट्रपतिबाट नागरिकता संशोधन विधेयक प्रमाणीकरण हुनु सकारात्मक भए पनि राजनीतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकताका लागि प्रयास जारी राख्ने बताएका छन् ।

एनआरएनएद्वारा बुधबार जूममार्फत आयोजित अन्तरक्रियामा बोल्दै संघका संस्थापक अध्यक्ष संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैर आवासीय नेपाली नागरिकता गैर आवासीय नेपाली अभियान र यो युगकै महत्वपूर्ण उपलब्धि भएको बताए । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मन्त्र अनुरुप नेपाललाई समृद्ध बनाउन आआफ्नो क्षेत्रबाट बौद्धिक रुपमा, आर्थिक रुपमा, विदेशमा कमाएको सीप र पूँजी लगानी गर्न पनि उनले आग्रह गरे ।

एक लिखित सन्देशमा संघका पूर्वअध्यक्ष शेष घलेले यो नागरिकताबारे नकारात्मक टिप्पणी नगर्न र दोहोरो नागरिकता तर्फको एउटा ‘स्टेपिङ स्टोन’ का रुपमा सकारात्मक रुपमा हेर्न आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले संघ स्थापना भएपछि गत २० वर्षमा पाएको युगको सफलता भएको बताए ।

उनले गैर आवासीय नेपालीले पाउने सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार भनेको के हो परिभाषित हुनु पर्ने र २०६४ को ऐनलाई परिमार्जित गर्नुपर्ने बताए । एनआरएनहरुलाई सम्बन्धित देशका दूतावासबाटै यो नागरिकता दिलाउन संघले काम गर्ने पनि केसीले बताए । संघका अध्यक्ष कुल आचार्यले वंशजको आधारमा प्राप्त नेपाली नागरिकता खोसिनु हुँदैन भन्नेमा आफू दृढ रहेको तर स्वर्गीय महात्मा गान्धीले भने जस्तो वार्तामा बस्दा वा आन्दोलन गर्दा प्राप्त उपलब्धि स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताए । उनले गैरआवासीय नेपाली नागरिकताको सफल कार्यान्वयन नहुँदा सम्म खबरदारी गरिरहन पनि आग्रह गरे ।

संघका पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएनएको मूल माग भनेको पूर्ण अधिकार सहितको नागरिकता हो भन्दै गैर आवासीय नेपाली नागरिकता आंशिक उपलब्धि मात्रै भएको बताए । संघका महासचिव डा केशव पौडेलले गैर आवासीय नेपाली नागरिकता नेपाली नागरिकताको निरन्तरताको दिशामा कोशे ढुंगा भएको बताए । उनले यसलाई सार्थक रुपमा अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा संघकी अध्यक्ष रबिन थापा, पूर्व संरक्षक राम प्रताप थापा लगायतका वक्ताहरुले गैर आवासीय नेपाली नागरिकताको स्वागत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!