
जमुना पुन – सह सम्पादक एभेरेष्ट टाईम्स युके।
२ जुन २०२३ बेलायत। विश्वको सर्बोच्च शिखर सगरमाथा आरोही तथा कीर्तिमानी हरि बुढामगरलाई संयुक्त अधिराज्य बेलायतको हिथ्रो विमानस्थलमा भब्य स्वागत तथा सम्मान गरिएको छ। उनलाई स्वागत गर्न बेलायतमा रहेका उनका श्रीमती उर्मिला पुन बुढामगर तथा परिवारका सदस्यहरु, इस्टमित्र, साथिभाई, बिभिन्न संघ संस्थालगयत बेलायती नागरिकहरुको बाख्लो उपस्थिति रहेको थियो।
अफगानिस्थानको लडाईमा घुँडासम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक बुढामगर गत जेठ ५ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोहण गर्ने पहिलो कृतिमानी आरोही बनेका हुन् । बुढामगरले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
हरि बुढामगरले स्वागत तथा सम्मानका लागि हिथ्रो विमानस्थलमा उपस्थित आफ्नो श्रीमती उर्मिला पुन बुढामगर तथा परिवारका सदस्यहरु, इस्टमित्र, साथिभाई, बेलायतमा स्थापित बिभिन्न संघ संस्था, बेलायती नागरिकहरुलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग दिनुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद दिएका छन् ।







