थाइल्याण्ड ६ जुन २०२३ । जाम्बुलिङ खोरला ङ्हा, तामाङ रिमठिम तेन्बा ङा’ भन्ने मुल नाराको साथ विश्वभरीको तामाङहरु साझा संगठन अन्तर्राष्ट्रिय तामाङ परिषदको पाचौं सम्मेलन थाइल्याण्डको बैकक सहरस्थित हुहाइनमा सुरु भएको छ। सम्मेलनमा विश्वभरीका १७ मुलुुकका १९ सदस्य संस्थाहरुको तर्फबाट प्रतिनिधिहरुको सहभागिता रहेको छ।
विश्वभरी छरिएर रहेका तामाङहरुलाई एकताको सुत्रमा बाधिराख्न यो सम्मेलनले महत्वपूूर्ण भूमिका निर्वाह गर्ने परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाले जानकारी दिए। विश्वका विभिन्न देशमा क्रियाशिल रहेका तामाङ संघ संगठनहरुलाई समन्वय गरी संसारभरि छरिएर रहेका तामाङ जातिहरुका बीच भातृत्व,सदभाव र सहकार्यको संस्कृतिलाई विकास गर्दै तामाङ समाजको हक हित र समुन्नतिका लागि संगठित गर्ने उद्धेश्यले अन्तर्राष्ट्रिय तामाङ परिषद गठन भएको उनले बताए ।
तामाङ जातिको भाषा,लिपि,धर्म,संस्कृति आदिको संरक्षण र सम्बद्र्धन,सामाजिक एवंम् आर्थिक सम्मुन्नति,साझा हकहित र विकास,आर्थिक,सामाजिक,सांस्कृतिक,राजनीतिक उन्नयन,वातावरण तथा दिगो विकासमा ठोस योगदान,नागरिक तथा मानव अधिकारको प्रवद्र्धन,तामाङ समाजमा सशक्तिकरण र जागृति फैलाउन,मैत्रीत्व,भातृत्व,सद्धभाव र सहकार्यको संस्कृति फैलाउने कार्यका लागि विश्वका तामाङ संघ संस्थाहरुबीच आवश्यक समन्वय समेत तामाङ परिषदले गर्ने संस्थापक अध्यक्ष परशुराम तामाङको भनाई छ।
तामाङ समाज थाइल्याण्डको व्यवस्थापनमा सुरु भएको सम्मेलन २ दिनसम्म चल्ने छ। सम्मेलनले विद्यान संशोधन लगाएत विश्व कार्ययोजना र समसामायिक प्रस्तावहरु समेत पारित गर्ने छ।
संशोधित विद्यान अनुुसार नयाँ बन्ने कार्यसमिति निर्माण हुने छ। अहिले सम्मको अभ्यास अनुसार कार्यक्रम आयोजक राष्ट्र नै सस्थाको अध्यक्ष हुने छ। भारतको अध्यक्ष रहेकोमा अव थाइल्याण्डको अध्यक्ष रहनेछ। सम्मेलनमा सहभागी हुनका लागि अहिले विभिन्न देशहरूका प्रतिनिधिहरू थाइल्याण्ड नेपाल‚ जापान‚ म्यानमारका प्रतिनिधिहरू आइसकेका छन् भने नेपाल, भारत‚ अमेरिका‚ कोरिया‚ हङकङ‚ बहराइन‚ युएई‚ पोर्चुगल‚ रोमनिया ,माल्टा,थाइल्याण्ड,बर्मा, जापान,बेलजियम,मलेसिया,कतार र इटालिका तामाङहरुको सहभागिता रहेको छ।
परिषदको सन् २००२ डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भएको थियो। विषेश गरेर सम्मेलन नेपाल र भारतमा मात्र हुँदै आएकोमा पहिलो पटक तेस्रो मुलुकमा आयोजना भएको हो ।






