बैंकक ४ जुन २०२३ ।

अन्तर्राष्ट्रिय तामाङ परिषद् आइटिसीको अध्यक्षमा थाइल्याण्डकी चम्पाडोल्मा बम्जन लामा चयन भएकी छिन् ।
थाइल्याण्डको हुहाइन सहरमा शनिबार र आइतबार भएको परिषद्को पाँचौं सम्मेलनबाट लामाको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको हो । महासचिवमा टासी लामा (नेपाल), उपमहासचिवमा लक्यान लामा (अमेरिका), रामप्रसाद तामाङ (भारत), सचिवमा शुभराज तामाङ (दक्षिण कोरिया), दुधमाया तामाङ (रोमानीया), कोषाध्यक्षमा हवलचन्द्र लामा (जापान) रहेका छन् ।
निर्वाचन समितिका आयोगका प्रमुख अधिवक्ता डा. कुन्साङ योञ्जनले निर्वाचित कार्यसमितिको परिणाम घोषणा गरेका थिए । परिषद्को सम्मेलन शनिबार संस्थापक अध्यक्ष परशुराम तामाङले उद्घाटन गरेका थिए । सम्मेलनमा विश्वभरका तामाङ प्रतिनिधिहरु सहभागी थिए ।






