लण्डन ५ जुन २०२३ ।

कोल्मा बहाकोट समाज यूकेको वार्षिक समर बीबीक्यू तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न सांगीतिक कार्यक्रमसहित फान्बोरोस्थित ग्रेन्ज कम्युनिटी स्कुलको प्रांगणमा गत शनिबार ३ जून २०२३ मा भव्य र सभ्य रुपमा समाजको वार्षिक समर बीबीक्यू तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । अन्य संस्थाको भन्दा भिन्न बनाउने उद्देश्यले कार्यक्रममा कुनै विशिष्ट पाहुना सहभागी थिएनन् । महासचिव देव गुरुङले शुभारम्भ गरिएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर गुरुङले दिएका थिए ।
कार्यक्रममा निर्धारित समयभित्र के(के हुनेछन् भनेर संयोजक तथा समाजका उपाध्यक्ष सूर्य गुरुङले संक्षिप्त रुपमा जानकारी गराएका थिए । नेपालबाट आएका चर्चित लोक तथा दोहोरी गायकरगायिका श्याम रानामगर र सीमा नानु गुरुङले एकल र दोहोरी गाएर कार्यक्रममा भरपुर मनोरन्जन दिलाएका थिए । कोल्मा बहाकोट समाज यूकेमा आबद्ध विभिन्न ओहोदाका पदाधिकारी र बेलायत तथा नेपालबाट सोही परिवारहरुका सदस्यहरु कार्यक्रममा सहभागी थिए । उनीहरु कलाकारसँगै नाच्ने र गाउने गरेर रमाइएका देखिन्थे ।
कार्यक्रममा सम्पूर्ण डिजे कृष्णदेव गुरुङले गरेका थिए । तेज गुरुङ, डेम थापालगायतको पनि उपस्थिति थियो भने उक्त कार्यक्रमको फोटोग्राफी गोर्खा मिडिया डटकमका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुले गरेका थिए । उक्त समाज स्याङ्जा जिल्लाको साविकका सातवटा गाविसहरु कोल्मा, बहाकोट, राँगभाङ, टक्सारलगायतबाट बेलायत आएर बसेका नेपालीहरुको साझा संस्था हो ।






