विभिन्न कार्यक्रमसहित पाँचथर थर्पु समाज युकेले मनायो १० औं वार्षिकोत्सव

SHARE:

नगेन्द्रराज नेम्वाङ
लन्डन (अल्डरसट) ३ जून २०२३ । पाँचथर थर्पु समाज युकेले १० औं वार्षिकोत्सव मनाएको छ ।

अल्डरसटको एम्पायर हलमा शनिबार ३ जुन २०२३ को दिन एक भव्य कार्यक्रम आयोजना गरी थर्पु समाजले वार्षिकोत्सव मनाएको हो । औपचारिक कार्यक्रम सम्पूर्ण उपस्थित कार्यसमिति र अथितीहरुलाई आशनग्रहण गराउँदै संस्थाका सचिव योगेन्द्र तावाहाङले सुरुआत गरेका थिए । कार्यक्रमको अवधिमा केही आपतकालीन आइपरेमा सुरक्षासम्बन्धी अपनाउनु पर्ने सेफ्टी ब्रिफ संस्थापक अध्यक्ष एवं सल्लाहकार चन्द्र सुन्दासले गराएका थिए ।

प्रमुख अथितिद्वय रनबहादुर तावा लिम्बु, रनहाङ माबो, पाँचथर समाज सेवा युकेकी वरिष्ठ उपाध्यक्ष शान्ति खिम्दिङ सेलिङ लिम्बु, सल्लाहकार धनकुमार काम्बाङ र अध्यक्ष बिमला सिगु लिम्बूले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी औपचारिक कार्यक्रम उद्घाटन गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा प्रमुख अथिति रनबहादुर तावा, रनहाङ माबो र अध्यक्ष बिमला लिम्बूले केकसमेत काटेका थिए । मातृभूमि नेपाललाई स्मरण गर्दै नेपालको राष्ट्रिय गान र बेलायतको राष्ट्रिय गान बजाएर कार्यक्रम बजाइएको थियो ।

बिमला लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमलाई निवर्तमान अध्यक्ष तिलबिक्रम तावाले स्वागत मन्तव्य राखेका थिए । सल्लाहकार धनकुमार काम्बाङ , मनकुमार काम्बाङ र संस्थापक अध्यक्ष एवं सल्लाहकार चन्द्र सुन्दासले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सम्पूर्ण पाँचथर थर्पुवासी दाजुभाइ, दिदीबहिनी, भान्जाभान्जी जम्मा भई एकआपसमा रमाइलो भलाकुसारी गरेका थिए । मनोरन्जनात्मक कार्यक्रममा राफल ड्र खेलाएका थिए भने स्थानीय कलाकारद्वय संगीता गैरे र लुइस नेपाली परियारले विभिन्न नेपाली गीतमा नाचेर भरपुर मनोरञ्जन दिलाएका थिए । त्यसैगरी नेपालबाट आएका गायक सन्दीप छेत्रीले पनि विभिन्न नेपाली गीत गाएर माहोललाई बेसरी तताएका थिए ।

अध्यक्ष बिमला लिम्बूले प्रमुख अथिति, अन्य अथितिहरुलाई सम्बोधन गर्दै १० औं वार्षिक उत्सव सफल भएको घोषणा गरिन् । उनले कार्यक्रममा उपस्थित सम्पूर्ण मान्यजनहरुलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेकी थिइन् । कार्यक्रम सचिव योगेन्द्र तावाहाङले सन्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!