बेलायतमा मृत्यु भएकी सदीक्षाको ७ जुलाईमा बेलायतमै अन्त्येष्टि गरिने

SHARE:

लण्डन ६ जुन २०२३ ।

बेलायतमा मृत्यु भएकी दोलखाकी सदीक्षा तामाङको बेलायतमै अन्त्येष्टि गरिने भएको छ ।

भाइरस संक्रमणका कारण अस्पतालले अन्तर्राष्ट्रिय उडानमा शव लैजान नमिल्ने बताएपछि बेलायतमै अन्त्येष्टि गर्न लागिएको तामाङ सोसाइटी अफ यूकेका अध्यक्ष ज्ञान तामाङले जानकारी गराएका छन् । उनका अनुसार आउँदो ७ जुलाईमा अल्डरसट पार्क क्रिमेटोरिएममा फ्यूनरल सर्भिसको कार्यक्रम तय भएको छ ।

सदीक्षाको शव नेपाल लगेर धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहना थियो । तर, उनमा भएको भाइरसका कारण अस्पतालले अन्तर्राष्ट्रिय उडानमा शव लैजान नमिल्ने बताएपछि अन्त्येष्टी बेलायतमै गर्न लागिएको छ । निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट सदीक्षाको गत १० मे मा निधन भएको थियो । सदीक्षा गत २६ डिसेम्बर २०२२ मा बेलायत आएकी थिइन् । वि.सं. २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदीक्षाका बाबु कृष्णकुमार थोकर लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् ।

यसैबीच एनआरएनए यूकेको नेतृत्वमा २१ वर्षीया सदीक्षा तामाङको परिवारका लागि करिब १५ लाख रुपैयाँ संकलन भएको छ । तामाङको अन्त्येष्टी र परिवारका लागि उल्लेख्य चन्दा संकलन भएको एनआरएनए यूकेले जनाएको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको मृत्यु भएको गत १० मे बाटै अभियान सुरु गरिएपछि स्वतस्फूर्त रुपमा १७८ व्यक्ति र ७ संस्थाले कुल ९ हजार १४२.३६ पाउन्ड करिब १५ लाख रुपैयाँ प्रदान गरेका जनाए ।

उनका अनुसार तामाङ समाज यूकेले १६०९ पाउन्ड, गोर्खा नेप्लिज वेलफेयर सोसाइटी यूकेले ११६२ पाउन्ड, ब्रिटिस गोर्खा एन्ड नेप्लिज क्याट्रिक कम्युनिटीबाट ७१८. ९९, गोर्खा अभियन्ता पिटर गुरुङले ३१९ पाउन्ड, शृर्जनशील नेपाली समाज युके २२० पाउन्ड, छेत्री समाज यूकेले १०१, किरात सुनुवार वेलफेयर सोसाइटी यूकेले १०० पाउन्ड प्रदान गरेका छन् । पार्वती गुरुङ (माइला), माया गुरुङ (कान्छा), अर्चना गुरुङ र अन्यले २१ मे को विशेष महाधिवेशनमा २६५ पाउन्ड दिएका थिए ।

संकलित रकम परिवारलाई बेलायतमै सहयोग हस्तान्तरण गरिने पनि गाहामगरले बताए । अध्यक्ष गाहामगरले सहयोगदाता सबैप्रति आभारसमेत व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!