बीसीसी युकेद्वारा खेन्पो वागीन्द्र शीलको स्वागत

SHARE:

लन्डन ७ मे २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा खेन्पो वागीन्द्र शीलको स्वागत गरेको छ ।

बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा गत आइतबार ४ जुनका दिन बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, टुल्कु गुरु जिग्मे सामतेन, खेन्पो गुरु फुर्तेम्बा, आमा प्रमुख उर्मिला गुरुङलगायत भक्तजनले बौद्ध परम्परानुसार खादा लगाई स्वागत गरेका थिए । कार्यक्रमको सुरुआतमा बीसीसी युकेका आमाहरुले शुभमंगल पाठवाचन गर्दै खेन्पो वागीन्द्र शील गुरुको स्वागत गरेका थिए ।

त्यस्तै, अध्यक्ष हर्कबहादुर गुरुङले बीसीसी युकेको बारेमा जानकारी गराउँदै त्रियान धर्म संघ काठमाडौंका खेन्पो गुरुको बेलायत भ्रमण सफलताको कामनासहित स्वागत गरे । सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा आमाहरुले खेन्पो गुरुलाई मण्डला अर्पण गरेका थिए ।

बौद्ध धर्ममा अन्यन्त महत्वपूर्ण पाठमध्येका एक दोमाङ्ग पाठलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशनसमेत गरेका खेन्पो वागीन्द्र शीलले सो दोमाङ्ग पुस्तकको उपयोगिताबारे चर्चा गरे । सो अवसरमा खेन्पो वागीन्द्र शीलले दोमाङ्गभित्र रहेका पाठहरुको महत्व, अध्ययन, विधि र अनुशासनबारे जानकारी गराएका थिए । साथै, उनले आफैद्वारा अनुवादित “कर्म हेतु फल” नामक पुस्तकबारे पनि चर्चा गरेका थिए । सँगसँगै उनले भक्तजनहरुले राखेका विभिन्न जिज्ञासाहरुलाई समेत सहज ढंगले मेटाएका थिए ।

बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रममा बीसीसी युकेका महासचिव मेजर हितमान गुरुङले हेल्थ एण्ड सेफ्टी तथा औपचारिक कार्यक्रम संचालन, कोषाध्यक्ष मेजर शंकर गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्वअध्यक्ष नरेश गुरुङ, पूर्वअध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, पूर्वआमा प्रमुख पुष्पा गुरुङलगायत आमाहरुको विशेष उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!