बेलायती राजा चार्ल्स तृतीयको तस्बिर फोल्कोस्टनमा अनावरण: ज्ञाम गुरुङ

SHARE:

फोल्कोस्टनमा बेलायती राजा चार्ल्स तृतीयको तस्बिर अनावरण

ज्ञाम गुरुङ: फाेल्काेस्टन

गत जुन १ का दिन फोल्कोस्टन नेप्लिज कम्युनिटी सेन्टरमा विविध कार्यक्रम आयोजना गरी राजा चार्ल्स थर्डको तस्बिर अनावरण गरिएको हो । फोल्कोस्टन टाउन मेयर काउन्सिलर बेलिन्डा वाल्कर र अध्यक्ष झपिन्द्र थापाले संयुक्तरूपमा तस्बिर अनावरण गरेका थिए ।

कार्यक्रमको सम्झनामा दुवै देशका राष्ट्रिय धुन बजाइनुका साथै शुभराज्यभिशेक विशेष केक अध्यक्ष, मुख्य अतिथि र विशेष अतिथि केक कटिङ र स्याम्पेन ड्रिङ्क्स चेयर्स गरिएको थियो । कम्युनिटी भवन भव्य सिँगारिएको थियो । राजाको उक्क पोट्रेट तस्बिर फोल्कोस्टन र हायत जिल्ला काउन्सिलले कम्युनिटीलाई प्रदान गरेको हो ।

समाजका ट्रष्टि क्याप्टेन राम पुनको संयोजकत्वमा सम्पन्न कार्यक्रम महासचिव डा महा राईले सन्चालन गरेका थिए । कार्यक्रमबारे संयोजक क्याप्टेन पुनले जानाकारी गरा । आगन्तुक पाहुना अतिथिहरूलाई स्वागत गर्दै अध्यक्ष झपिन्द्र थापाले उपस्थितिको लागि र सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे ।

काउन्सिलले गर्न नसकेको काम नेप्लिज कम्युनिटीले गरेको प्रसङ्ग उल्लेख गर्दै प्रमुख अतिथि डिस्ट्रीक काउन्सिल प्रमुख काउन्सिलर अबिना अकुपो केली र टाउन मेयर काउन्सिलर बेलिन्डा वाल्करले ऐतिहासिक सफल कार्यकालको आभार व्यक्त गर्दै धन्यवाद दिए ।

कार्यक्रममा सहभागी हुन भर्खरै निर्वाचित काउन्सिलरहरू, कम्युनिटी पुलिसहरू, लाईबेरियाका सदस्यहरू, रोयल ब्रिटिस लेजनका सदस्यहरू, गोर्खा राइफलका गोर्खा मेजर तथा अन्य अफिसरहरू, अन्य धेरै संघ संस्थाका प्रतिनिधिहरू, पूर्वअध्यक्षहरू, समाजका ट्रष्टीहरू, सल्लाहकारहरू, सदस्यहरू, सिनियर सिटीजन प्रमुख मेजर देवबहादुर पुन र सिनीयर सिटीजनका सहयोगी शिवधन राई, सिनियर सदस्यहरू, कार्यसमिति र पत्रकारको बाक्लो उपस्थिति थियो ।

लेमन लिफ रेष्टुरेन्टले तयार पारेको स्वादिलो नेपाली खानाको स्वाद लिँदै कार्यक्रम सम्पन्न भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!