एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा, तिगेलाको संयोजकत्वमा निर्वाचन समिति गठन

SHARE:

लन्डन ९ जुन २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन आउँदो २२ जुलाईमा हुने भएको छ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्य सचिव कर्मा पहाडी शेर्पा र सदस्यहरु लक्ष्मी राई (लारा), रुद्र थापा एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित एक निर्वाचन समितिसमेत गठन गरिएको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले अनलाइन मतदान गरिने जनाए । उनका अनुसार, आउँदो २१ जुलाई मध्यान्ह १२ बजेदेखि २२ जुलाई मध्याह्न १२ बजेसम्म अनलाइन मतदान हुनेछ । नयाँ कार्यसमिति घोषणा २२ जुलाई एम्पायर हल अल्डरसटमा गरिने एनआरएनए यूकेका प्रवक्ता भरतमणि चोम्बाङले जनाए ।

घोषणासभामा नेपाल र बेलायतका विशिष्ठ व्यक्ति तथा एनआरएन अभियन्ताहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । यसपटक देखि एनआरएनए यूकेको नयां सदस्यता लिन वा नवीकरण गर्न शुल्क लाग्ने छैन् । गत २१ मेमा सम्पन्न संघको विशेष साधारणसभाले सदस्यता शुल्क निशुल्क गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष प्रेम गाहामगरले आगामी १५ जुनदेखि १५ जुलाईसम्म एक महिना नयां सदस्यता दर्ता तथा नवीकरणका लागि खुल्ला गरिने जनाए । अनलाइन पोर्टलमार्फत सहजै सदस्यता लिन सकिने संघले जनाएको छ । एनआरएनए यूके अध्यक्ष गाहामगरले आफ्नोबाहेक अन्य कुनै व्यक्ति वा समूहले गर्न लागेको भनिएको अधिवेशन आधिकारिक नभएको प्रष्ट्याए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!