आयरल्यान्डका राष्ट्रपतिसमक्ष राजदूत आचार्यले बुझाए ओहोदाको प्रमाणपत्र

SHARE:

लन्डन ९ जून २०२३ । आयरल्यान्डका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

डब्लिनस्थित राष्ट्रपति कार्यालयमा पुगेर राजदूत आचार्यले बिहीबार विशेष समारोहबीच राष्ट्रपति माइकल डी हिगिन्ससमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका नेपाली दूतावास लन्डनले जनाएको छ । आचार्य बेलायतका लागि भने आवासीय राजदूत हुन् ।

ओहोदाको प्रमाणपत्र ग्रहणपश्चात् राष्ट्रपति हिगिन्सले राजदूत आचार्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । राष्ट्रपति हिगिन्सले आचार्यको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास समेत प्रकट गरे ।

समारोहमा राजदूत आचार्यले राष्ट्रपतिको सुस्वास्थ्य र आयरल्यान्डका जनताको उत्तरोत्तर प्रगतिका लागि नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन्देश सुनाएका थिए । राष्ट्रपति हिगिन्सले पनि नेपालको शान्ति तथा राष्ट्रपति र नेपाली जनताको उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्य र सम्बृद्धिको कामना गरेका थिए ।

राजदूत आचार्यले कोभिड महामारीका बेला आयरल्यान्डले नेपाललाई पुर्‍याएको सहयोगको प्रशंसा गर्दै नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकास तथा वर्तमान सरकारका विकास प्राथमिकताबारे अवगत गराएको राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षा, सूचना प्रविधि तथा पर्यटनका माध्यमबाट नेपाल र आयरल्यान्डबीच अझै मजबुत सम्बन्ध बनाउन सकिनेमा पनि दुवै सहमत भएका छन् । उनीहरुबीच आयरल्यान्डमा रहेका नेपाली समुदायले गरेको योगदानबारे पनि कुराकानी भएको दूतावासको विज्ञप्तिमा छ ।

सो अवसरमा राजदूत आचार्य, धर्मपत्नी सुनिता आचार्य र दूतावासका द्वितीय सचिव रामबाबु नेपालसमेत उपस्थित थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!