जीआरएनसीले जित्यो ट्रेडिङ कप

SHARE:


लन्डन ११ जून २०२३ । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी)ले यस वर्षको ‘भिक्टोरिया डे’मा ट्रेडिङ कप जितेको छ ।

अल्डरसट टाउनमा शनिबार आयोजना गरिएको भिक्टोरिया दिवसमा जीआरएनसीले ट्रेडिङ कप जितेको हो । जीआरएनसीका अध्यक्ष मान गुरुङले कम्युनिटीको २० वर्षकै इतिहासमा यस्तो कप पहिलोपटक जितेको प्रतिक्रिया दिए । उनका अनुसार समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई सो कप दिइने गरिएको छ । कप पाएसँगै सो काउन्सिलमा रहेको नेपालीको घना बस्तीलाई प्रतिनिधित्व गर्ने कम्युनिटीले गरिरहेको कार्यको कदर भएको उनले बताए ।

करिब ६०० मानिस सहभागी सो दिवसमा आधा संख्या नेपाली समुदायको मात्र थियो । मद्दत समूह, गोर्खा आमा समूह अल्डरसट एम्पायर हल, लमजुङ समाज युके, गोर्खा आमा समूह अल्डरसट भेटघाट, तमुधिं युके, किरात राई यायोक्खा युके, किरात याक्थुङ चुम्लुङ युके, मगर संघ युके रसमोर शाखा, बुद्धिस्ट कम्युनिटी सेन्टर युके, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर युके, नव युवा, पासा पुचः गुठी रसमोर आदिले भाग लिएका थिए ।

कार्यक्रममा कम्युनिटीको तर्फबाट उपाध्यक्ष मिया डंगोल केसीले र जेनी अठरटनले रसमोर बोरो काउन्सिलको तर्फबाट संयोजन गरेका थिए । कम्युनिटीले दुई वटा स्टल राखेको थियो भने तीन वटा नेपाली सँस्कृति झल्काउने प्रस्तुति गरेको थियो । दिवसमा दुई जना १०४ देशमा साइकल यात्रा गरेको नेपाली साइकलयात्रीले पनि भाग लिएका थिए ।

बेलायतकी पूर्वमहारानी भिक्टोरियाको जन्म दिनको उपलक्ष्यमा काउन्सिलले हरेक वर्ष भिक्टोरिया दिवस मनाउने गर्छ । जीआरएनसीका अध्यक्ष गुरुङले भिक्टोरिया दिवसमा सहयोग पुर्‍याउने नेपाली दाजुभाइ, दिदीबहिनी, आमा बुबाहरुलाई विशेष धन्यवाद भने ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!