नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन यूकेको बैठक सम्पन्न

SHARE:

नगेन्द्रराज नेम्वाङ
लन्डन (ह्यारो) । नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन यूकेको बैठक सम्पन्न भएको छ ।

शुक्रबार ९ जुन २०२३ को दिन अध्यक्ष क्याप्टेन रिटायर्ड ताम ढेगाको अध्यक्षतामा बैठक बसेको हो । बैठकको अवधिमा केही आपतकालीन समस्या आइपरेमा अपनाउनु पर्ने सुरक्षासम्बन्धी महासचिव तेज पुनले जानकारी गराए । त्यसपछि बैठकमा उपाध्यक्ष होमराज विष्टले स्वागत मन्तव्य राखेका थिए ।

महासचिव तेज पुनले सन्चालन गरेको बैठकमा उपस्थित सम्पूर्ण ड्राइभिङ इन्स्ट्रक्टरहरुलाई डिफेन्सिभ ड्राइभिङ इक्जामिनर बसन्त गुरुङले डिफेन्सिभ ड्राइभिङबारेमा सन्देशमूलक जानकारी दिएका थिए । उपाध्यक्ष माधव कार्कीले स्ट्यान्डर्ड चेक टेस्टको अपडेड गराएका थिए । सदस्यता शुल्क सदस्यता नवीकरण बारेमा पनि विशेष छलफल भएको थियो ।

अध्यक्ष क्याप्टेन रिटायर्ड ढेगाले उपस्थित सम्पूर्ण एडीआईहरुलाई उपस्थितिका लागि धन्यवाद दिँदै एसोसिएसनको आगामी बैठकको स्थान मिति, अन्य व्यवसायलगायत समसमयिक विषयलाई समेट्दै बैठकको समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!