एफएनजे यूके पत्रकारिता पुरस्कार सिफारिस समिति गठन, संयोजकमा डा कैनी

SHARE:

लन्डन १२ जून २०२३ । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बर्सेनि प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

शुक्रबार साँझ शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले डा बच्चुकैलाश कैनी संयोजक तथा नवीन पोखरेल र लक्ष्मी राई ‘लारा’ सदस्य रहेको पुरस्कार सिफारिस समिति गठन गरेको महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए । समितिका संयोजक डा कैनीसँग बेलायतको राष्ट्रिय स्वास्थ सेवा (एनएचस) व्यवस्थापन, राजनीति, साहित्य र प्राध्यापनमा लामो अनुभव छ। डाटफोर्डका पूर्व काउन्सिलर उनले विगतमा लेबर पार्टीबाट बेलायतको संसदीय निर्वाचन लडेका थिए ।

त्यस्तै, समितिका सदस्य पोखरेल दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारितमा सक्रिय पत्रकार हुन् । कान्तिपुरका बेलायत संवाददाता तथा बेलायतबाट सञ्चालित नेपाली लिंकका प्रधान सम्पादक उनी नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष पनि हुन् । उनले गत वर्ष एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कारसमेत प्राप्त गरेका थिए ।

पुरस्कार सिफारिस समितिकी अर्की सदस्य लक्ष्मी राई (लारा) को साहित्य र च्यारिटीमा लामो अनुभव छ । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतकी पूर्व अध्यक्ष हुन् । महासचिव नरेन्द्र बस्नेतका अनुसार शाखाले पुरस्कारका लागि जुन मसान्तभित्र आवेदन तथा सिफारिसहरु संकलन गर्नेछ । संकलित आवेदनहरुमध्ये सिफारिस समितिको सिफारिसका आधारमा विजेता छनोट गरी पुरस्कार वितरण गरिनेछ।

५ सय दुई पाउण्ड नगदसहितको एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार यसअघि सन् २०२१ मा श्रीभद्र खनाल तथा सन् २०२२ मा नवीन पोखरेल र खेमराज रानाभाटले संयुक्त रुपमा प्राप्त गरेका थिए । बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले शाखाले वार्षिक रुपमा यो पुरस्कार प्रदान गर्दै आएको हो ।

एफएनजे यूके पत्रकारिता पुरस्कारको तेस्रो संस्करण आगामी महिना वितरण हुने भएको छ । जुलाई ९ तारिखमा अल्डरसटमा आयोजना हुने शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रमको अवसरमा ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३’ प्रदान गरिने भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!